default_image

5 years ago

October 20, 2019

युनाइटेडको मैदानमा लिभरपुल फेभरेट

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज म्यानचेस्टर युनाइटेडले लिगमा उच्च प्रदर्शनसहित अपराजित रहेको मर्सिसाइड क्लब लिभरपुलको आतिथ्यता गर्दैछ । खेल ओल्ड ट्राफोर्डमा नेपाली समयअनुसार ९ः१५ बजे शुरु हुनेछ । लिभरपुलले ओल्ड ट्राफोर्डमा पाँच वर्षयता जित हात पार्न सकेको छैन । लिभरपुल पाँच वर्षयता, पहिलो जित रच्दै चोटिलो म्यानचेस्टर युनाइटेडको घाउमा नुन थप्ने लक्ष्यमा हुनेछ । लिभरपुल […]

28 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज म्यानचेस्टर युनाइटेडले लिगमा उच्च प्रदर्शनसहित अपराजित रहेको मर्सिसाइड क्लब लिभरपुलको आतिथ्यता गर्दैछ । खेल ओल्ड ट्राफोर्डमा नेपाली समयअनुसार ९ः१५ बजे शुरु हुनेछ ।

लिभरपुलले ओल्ड ट्राफोर्डमा पाँच वर्षयता जित हात पार्न सकेको छैन । लिभरपुल पाँच वर्षयता, पहिलो जित रच्दै चोटिलो म्यानचेस्टर युनाइटेडको घाउमा नुन थप्ने लक्ष्यमा हुनेछ । लिभरपुल प्रिमियर लिगको पछिल्ला १७ खेलमा अपराजित रहँदा युनाइटेडविरुद्ध पनि सोही नतिजा दोहोर्‍याउने लक्ष्यमा हुनेछ ।

पहिलो रोजाईका गोलरक्षक एलिसन बेकरबाहेक लिभरपुलका सबै खेलाडी फिट छन् । अन्तर्राष्ट्रिय विश्रामा अघि लेस्टरविरुद्ध २–१ को जित निकालेको खेलमा चोट बोकेका मोहम्मद सलाह खेल्ने नखेल्नेमा शंका छ ।

यता, चोटसँग जुधिरहेको म्यानचेस्टर लिभरपुलको अपराजित यात्रामा पूर्णविराम लगाउने लक्ष्यमा मैदान उत्रनेछ । युनाइटेडलाई घरेलु मैदान र समर्थकको साथ छ । लिभरपुलविरुद्ध दुई प्रभावशाली खेलाडी पाउल पोग्बा र डेविड डी हेया टोलीमा हुनेछैन । यद्दपि युवा फरवार्ड मासन ग्रीनवुड र मार्कुस रासफोर्डले टोलीको अग्रपङ्ति सम्हाल्नेछन् । डेभिड डी हेयाको स्थानमा सर्जियो रोमेरोले युनाइटेडको पोस्ट सम्हाल्ने पक्का छ । पोग्वाको स्थानमा नेमान्जा मेटिक हुन सक्नेछन् ।

नयाँ सिजनको आठ खेलमात्रै सकिँदा शीर्षस्थानको लिभरपुल २४ अंक जोडेर शीर्षस्थानमा रहँदा युनाइटेड १५ अंकले पछि छ । युनाइटेड १४औं स्थानमा छ । म्यानचेस्टर सिटीले शनिबार क्रिस्टल प्यालेसलाई ३–० ले पराजित गर्दै शीर्षस्थानको लिभरपुललाई दवाव बढाइरहेको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.