default_image

4 years ago

October 21, 2019

म्यानमार यू-२३ विरुद्ध विमल, रोहित र किरणलाई विश्राम

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सिनियर राष्ट्रिय टोलीका स्टार खेलाडीत्रय किरण चेम्जोङ, रोहित चन्द र विमल घर्तीमगरलाई विश्राम दिंदै आसन्न म्यानमारको यू-२३ टोलीविरुद्ध खेल्ने मैत्रीपूर्ण खेलका लागि यु–२३ टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक बालगोपाल महर्जनले साग छनोटअन्तर्गत दोस्रो चरणमा रहेका ३२ खेलाडीबाट २४ सदस्यीय टोली घोषणा गरेका हुन् । विमल माल्दिभ्सको टीसी स्पोर्टसबाट […]

33 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सिनियर राष्ट्रिय टोलीका स्टार खेलाडीत्रय किरण चेम्जोङ, रोहित चन्द र विमल घर्तीमगरलाई विश्राम दिंदै आसन्न म्यानमारको यू-२३ टोलीविरुद्ध खेल्ने मैत्रीपूर्ण खेलका लागि यु–२३ टोलीको घोषणा भएको छ ।

मुख्य प्रशिक्षक बालगोपाल महर्जनले साग छनोटअन्तर्गत दोस्रो चरणमा रहेका ३२ खेलाडीबाट २४ सदस्यीय टोली घोषणा गरेका हुन् । विमल माल्दिभ्सको टीसी स्पोर्टसबाट व्यवसायिक फुटबल खेलिरहेका छन् । किरण यसै सिजन भारतीय आइ लिग क्लब मिनेर्भा पन्जाबमा तथा रोहित इन्डोनेसियाको पर्सिजा जकार्ताबाट खेलिरहेका छन् । सागमा ३ सिनियर खेलाडी राख्न पाउने प्रवाधान छ । मैत्रीपूर्ण खेलमा सिनियर खेलाडीको रुपमा विक्रम लामा, सुजल श्रेष्ठ र नवयुग श्रेष्ठ रहेका छन् ।

सागकै तयारीका लागि नेपाली टोलीले कतारको दोहामा म्यानमारको यु–२३ टिमसँग मैत्रीपुर्ण खेल खेल्ने भएको छ । खेल २५ अक्टोबरमा हुनेछ । नेपाली टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्नेछ । म्यानमारको टोली साउथ इस्ट एसियन गेम्स (एसइए) को तयारीमा रहेको छ । खेल अक्टोवर २५ मा कतारस्थित दोहा स्टेडियममा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

यू–२३ टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बलियो म्यानमारसँग मैत्रीपुर्ण खेल्ने अवसर पाउनु टोलीका लागि एक्सपोजर हुने यसले १३औं सागको तयारीलाई फाइदा पुग्ने बताएका छन् । विदेशमा खेलिरहेका किरण, रोहित र विमलसहित रोमन रसाइली, असिम भुषाल, एरिक विष्ट, दिपेश आलेमगर र राजेश परियारले अन्तिम टोलीमा स्थान बनाउन सकेनन् । फरवार्ड राजेश परियार भने डेंगु संक्रमणका कारण प्रशिक्षणमा सहभागी छैनन् ।

नेपाली यु–२३ टोली :

अनन्त तामाङ, अन्जन विष्ट, बिक्रम लामा, सुजल श्रेष्ठ, दिनेश राजवंशी, तेज तामाङ, अभिषेक रिजाल, सुनिल बल, हेमन्त थापामगर, छिरिङ गुरुङ, अर्पन कार्की, दीप कार्की, देव लिम्बु, बिकास खवास, रोमन लिम्बु, नितिन थापा, सेसेहाङ आङदेम्वे, मिक्चेन तामाङ, रामचन्द्र वाजी, प्रिजेन तामाङ, रेजिन सुब्बा, राजीव लोप्चन, नवयुग श्रेष्ठ र सुमन अर्याल ।

April 16, 2024

चेल्सीको‌ जितमा पाल्मेरको ४ गोल

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार सानदार जित निकालेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभर्टनलाई ६-० ले हराएको हो । चेल्सीका कोले पाल्मेरले ४ तथा निकोलस ज्याक्सन र अल्फी गिलक्रिस्टले समान १ गोल गरेका थिए। १३ औं मिनेटमा पहिलो गोल गरेका पाल्मेरले २९ औंमा ह्याट्रिक पूरा गरेका थिए। उनले दोस्रो गोल […]

April 16, 2024

पुलिस जीतपुरसिमरा गोल्डकप च्याम्पियन

सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले वर्षको पहिलो उपाधि जितेको छ । निर्धारित ९० मिनेट र थप समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको थियो । परिवर्तित गोलकिपर […]

April 15, 2024

लिभरपुलपछि आर्सनल पनि पराजित

एजेन्सी – लिभरपुलको हारपछि इंग्लिस प्रिमियर लिग शीर्षस्थानमा उक्लने मौकालाई आर्सनलले गुमाएको छ । आर्सनल आइतबार एस्टन भिल्लासँग २–० ले पराजित भएको छ । उपाधि होडमा रहेका दुई टोली लिभरपुल र आर्सनल पराजित भएपछि त्यसको फाइदा म्यानचेस्टर सिटीलाई पुगेको छ । खेलको अन्त्यतिर एस्टन भिल्लाले २ गोल गर्दै आर्सनलमाथि सानदार जित निकालेको हो । लियोन […]

Success

Thank you for your time.