default_image

4 years ago

October 25, 2019

मार्सियालको गोलमा म्यानचेस्टर विजयी

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिग फुटबलमा सर्वियन क्लब पार्टीजान बियोग्राडलाई पराजित गरेको छ ।  युनाइटेडले पार्टीजानलाई उसकै मैदानमा १–० को संघर्षपुर्ण जित हात पारेको हो । युनाटेडको जितमा एन्थोनी मार्सियालले पहिलो हाफमा गरेको पेनाल्टी गोल नै निर्णायक बन्यो । बियाग्राडमा बिहीबार राति भएको खेलको ३७औं मिनेटमा जेसे लिङ्गार्डको प्रहार पोस्टमा लागेर फर्कियो […]

30 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिग फुटबलमा सर्वियन क्लब पार्टीजान बियोग्राडलाई पराजित गरेको छ ।  युनाइटेडले पार्टीजानलाई उसकै मैदानमा १–० को संघर्षपुर्ण जित हात पारेको हो ।

युनाटेडको जितमा एन्थोनी मार्सियालले पहिलो हाफमा गरेको पेनाल्टी गोल नै निर्णायक बन्यो । बियाग्राडमा बिहीबार राति भएको खेलको ३७औं मिनेटमा जेसे लिङ्गार्डको प्रहार पोस्टमा लागेर फर्कियो । ४०औं मिनेटमा उमार सदिकको प्रहार पनि पोस्टमा लागेर फर्कदा घरेलु टोलीले अग्रता लिने अवसर खेर फाल्यो ।

४३औं मिनेटमा युनाइटेडलृ पेनाल्टीको मौका पायो । ब्रान्डन विलियम्सलाई नेमान्जा मिलिटिकले पेनाल्टी बक्सभित्र फल गरेपछि प्राप्त पेनाल्टीमा मार्सियलले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए ।

५३औं मिनेटमा सिदौउवा सुमाहको प्रहार युनाइटेडका गोलरक्षक सर्जियो रोमेरोले बचाए , त्यसपछि थप गोल निस्कन नसक्दा युनाइटेड १–० ले विजयी हुन सफल भयो । जितसँगै समूह ‘एल’ मा युनाइटेड ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पार्टीजान ४ अंक जोडेर तेस्रो स्थानमा छ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्धको एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधवार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर अल फयामाथि ३–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरे । अल फयाका फेसन […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.