5 years ago
October 25, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी (एनएनआइपिए) युेक च्याप्टरले लामो समयदेखि पक्षघातबाट पीडित राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी वाइबी घलेलाई आर्थिक सहयोग गरेको छ ।
एनएनआइपिए युके च्याप्टरका अध्यक्ष सिद्धार्थविक्रम क्षेत्रीले घलेलाई २ लाख रुपैयाँ हस्तान्तरण गरे । एनएनआइपिएले यसअघि पनि दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता, कृष्णमान मानन्धर, इन्द्ररानमगर, एसियाली खेलकुदका पदक विजेता दीपक महर्जन, बक्सिङ खेलाडी मन्जुजंग शाही लगायतलाई सहयोग गरेको थियो ।
त्यस्तै २०७२ वैशाखको विनाशकारी भूकम्पका पीडितलाई पनि क्षेत्रीको पहलमा सहयोग गरिएको थियो । घले तीनै खेलाडी हुन् जसले सन् १९८२ को एसियाली खेलकुदमा कुवेतविरुद्ध गोल गरेका थिए । त्यो नेपालको पहिलो अन्तर्राष्ट्रिय गोल थियो। ३७ वर्षयता कुवेतविरुद्ध अर्को कुनै खेलाडीले पनि गोल गर्न सकेको छैन । पहिलो सागका स्वर्ण पदक विजेता टोलीका मुख्य सदस्य समेत रहेका घलेले ८ वर्ष (१९८२ देखि १९९० ) राष्ट्रिय टोलीमा बिताएका थिए ।
एन्फाका पूर्व केन्द्रिय सदस्य एवंम एन्फा एकेडेमीका पूर्व निर्देशक समेत रहेका ६१ वर्षे घलेले खेल जीवनमा आरसिटी, फ्रेन्ड्स क्लब, शाही नेपाल वायुसेवा निगम, महेन्द्र पुलिस क्लबबाट खेलेका थिए । ११ वर्षदेखि प्यारालाइसिसबाट पीडित घलेको चार महिनाअघि गल ब्लाडर र स्टोनको शल्यक्रिया भएको थियो ।
देशलाई चिनाउने खेलाडीलाई सरकार र खेल निकायले सहयोग गर्नुपर्नेमा एनएनआइपिए युके च्याप्टरका अध्यक्ष क्षेत्रीले जोड दिए । उनले बेलायतमा जाने खेलाडीलाई आफुहरुले सक्दो सहयोग गर्ने गरेको पनि उनले बताए । क्षेत्रीले खेलाडीलाई सम्मान गर्न सके मात्र नयाँ पुस्तामा खेल क्षेत्रमा लाग्न प्रेरणा मिल्नेमा जोड दिए ।
एनएनआइपिएका अध्यक्ष दीपक श्रेष्ठले युके च्याप्टरको खेलाडीहरुलाई पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद दिए । उनले राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलाडी कल्याण कोष स्थापना गरि त्यसमा १ करोड ४० लाख रुपैयाँ जम्मा भएको उल्लेख गर्दै पूर्व खेलाडी घलेलाई पनि सहयोगका लागि प्रक्रिया अघि बढाउने सकिने बताए ।
नेपाली फुटबल टोलीका पूर्व कप्तान राजुकाजी शाक्यले घलेलाई सहयोग गर्न राखेप र अखिल नेपाल फुटबल संघ –एन्फा) निवदेन दिइएको जानकारी गराए । तर, उनले खेलाडीले यसरी आर्थिक सहयोग मान्नुपर्दा दुःखा लाग्ने उल्लेख गर्दै भने, सरकारले नै खेलाडीका लागि उपचारको ग्यारेन्टी गरिदिएको खण्डमा हात फैलाउनु पर्ने अवस्था आउने थिए ।
नेपाल बक्सिङका पूर्व अध्यक्ष राजीव श्रेष्ठले एनएनआइपिएको युके च्याप्टरले अप्ठ्यारोमा परेका खेलाडीलाई सधै सहयोग गर्दै आएकोमा अध्यक्ष खत्रीलागयत बेलायतमा बस्दै आएका पूर्व खेलाडीलाई धन्यवाद दिए । एन्फाका उपाध्यक्ष उपेन्द्रमान सिंहले खेलाडीहरुको विमा र कल्याण कोष स्थापनाका लागि एन्फा प्रयासरत रहेको उल्लेख गर्दै भने, घले दाईलाई के सहयोग गर्न सकिन्छ त्यसमा एन्फाले अवश्यक निर्णय लिनेछ ।
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]
December 12, 2024
एजेन्सी – म्यानचेस्टर सिटीको खराब प्रदर्शन च्याम्पियन लिगमा पनि रोकिएको छैन। पेप ग्वार्डिओलाको सिटी बुधवार युभेन्टस सँग २-० ले पराजित भएको छ। टुरिनको स्टाडियो डेल्ले अल्पिनमा भएको पहिलो हाफ गोलरहित बराबरी टुंगिएको थियो। ५३ औं मिनेटमा डुसान भ्लाहोभिकको गोलमा युभेन्ट्सले अग्रता लियो। वेस्टन म्याकिनीले ७५ औं मिनेटमा अर्को गोल गरेपछि युभेन्ट्सको जित निश्चित बन्यो । […]
December 11, 2024
एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]