5 years ago
October 25, 2019
विनोदबाबु रिजाल, भरतपुर
टुबोर्ग जेसीज विकास रनिङ शिल्ड राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिको छिनोफानो शनिबार हुँदैछ । नारायणगढको क्याम्पाचौरमा हुने फाइनलमा ‘ए’ डिभिजनको बलियो क्लबमध्येको एक नेपाल पुलिसले घरेलु टोली चितवन–११ को सामना गर्दैछ ।
अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै चितवनले फाइनलको यात्रा तय गरेको थियो । त्यस्तै पुलिसले सेमिफाइनलमा ए डिभिजन क्लबको प्रतिद्वन्द्वि सिएमजी क्लब संकटाको चुनौतिलाई पार गरेको थियो ।
दुवै टोलीले क्याम्पाचौरमा इतिहास रच्ने दाबी गरेका छन् । चितवन–११ का लागि यो स्तरको फाइनल पहिलो हो । त्यसकारण पनि टोली ज्यादा उत्साहित छ । चितवनका प्रशिक्षक विजय घले घरेलु मैदानमा ठूलो प्रतियोगिता जित्न कुनै कसर बाँकी नराख्ने बताउँछन् ।
पुलिसलाई पनि क्याम्पाचौरमा उपाधि उचालेको अनुभव कमै छ । पुलिसका प्रशिक्षक अनन्तराज थापाले दुई दशकअघि खेलाडीका रुपमा विकास रनिङ शिल्ड उचालेको इतिहास प्रशिक्षकका रुपमा दोहो¥याउने लक्ष्यमा छन् । अनन्तराज थापा सम्मलित धरान फुटबल क्लबले २०५५ मा विकास रनिङ शिल्ड उपाधि जितेको थियो ।
शुक्रबार क्याम्पाचौरमा आयोजित प्रि–म्याच कन्फ्रेन्समा दुवै प्रशिक्षकले एकअर्कार्ला कमजोर नकाक्ने बताए । विपक्षीको कमजोरीको फाइदा उठाउने कोशिस गर्ने उनीहरुको भनाई थियो ।
आयोजक नारायणगढ जेसीजका अध्यक्ष विकासमान श्रेष्ठले फाइनल प्रतिस्पर्धात्मक हुने आशा व्यक्त गरे । दर्शकहरुलाई फाइनल हेर्न आउन आग्रह गरेका अध्यक्ष श्रेष्ठले अहिलेसम्मको अवस्था हेर्दा प्रतियोगिता सफल भएको दाबी गरे ।
चितवन जिल्ला फुटबल संघ सहआयोजक रहेको प्रतियोगिता विजेताले उपाधिसहित ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ र दास्रो टोलीले ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार पाउने छ ।
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]