default_image

5 years ago

October 28, 2019

नेयमार विना पिएसजीको लगातार जित

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लिग वानमा आफ्नो दबदबालाई कायम राखेको छ । टोलीले आइतबार मार्सेलीलाई ४–० ले पराजित गरेको थियो । मार्सेलीले सन् २०११ यता पिएसजीलाई हराउन सकेको छैन । पिएसजीले पहिलो हाफमै ४ गोल गरेको थियो ।   चोटका कारण नेयमार उपस्थित नरहेको पछिल्ला ३ खेलमा पिएसजीले १३ गोल गरिसकेको छ […]

38 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लिग वानमा आफ्नो दबदबालाई कायम राखेको छ । टोलीले आइतबार मार्सेलीलाई ४–० ले पराजित गरेको थियो । मार्सेलीले सन् २०११ यता पिएसजीलाई हराउन सकेको छैन । पिएसजीले पहिलो हाफमै ४ गोल गरेको थियो ।

 

चोटका कारण नेयमार उपस्थित नरहेको पछिल्ला ३ खेलमा पिएसजीले १३ गोल गरिसकेको छ । मंगलबार च्याम्पियन्स लिगमा ५ गोल गरेका माउरो आइकार्डी र केलियन बाप्पेले आइतबारको जितमा समान २ गोल गरेका थिए । मार्सेलीका गोलकिपरले केहि राम्रो बचाउ गर्दा पिएसजीको अग्रता बढ्न पाएन ।

११ खेलको समाप्तीमा शीर्षस्थानको पिएसजीले दोस्रो स्थानको टोलीलाई ८ अंकले पछाडि पारेको छ । मार्सेली पिएसजी भन्दा ११ अंकले पछाडि छ । टोली सातौं स्थानमा रहेको छ । पिएसजीका लागि सुरुका दुई गोल आइकार्डीले १० औं र २६ औं मिनेटमा गरे । बाप्पले ३२ औं र ४४ मिनेटमा गरेका थिए ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.