default_image

4 years ago

October 29, 2019

‘रोनाल्डोको कमी पूरा गर्न गाह्रो छ’ – हाजार्ड

एजेन्सी – रियल म्याड्रिडका विंगर इडेन हाजार्डले टोलीका पूर्व स्टार क्रिस्टियानो रोनाल्डोको कमी महसुस हुन नदिन निकै कठिन रहेको अभिव्यक्ति दिएका छन् । रोनाल्डोले गत सिजन रियल म्याड्रिड छाडेर युभेन्टस पुगेपछि रियलले यसै सिजन हाजार्डलाई अनुबन्धन गरेको थियो । इंग्लिस क्लब चेल्सी छाडेर रियल आएका हाजार्डले अपेक्षित सुरुवात भने गर्न सकेका छैनन् । उनले रोनाल्डोको […]

34 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका विंगर इडेन हाजार्डले टोलीका पूर्व स्टार क्रिस्टियानो रोनाल्डोको कमी महसुस हुन नदिन निकै कठिन रहेको अभिव्यक्ति दिएका छन् ।

रोनाल्डोले गत सिजन रियल म्याड्रिड छाडेर युभेन्टस पुगेपछि रियलले यसै सिजन हाजार्डलाई अनुबन्धन गरेको थियो । इंग्लिस क्लब चेल्सी छाडेर रियल आएका हाजार्डले अपेक्षित सुरुवात भने गर्न सकेका छैनन् । उनले रोनाल्डोको प्रस्थानपछि ७ नम्बर जर्सीबारे रियल म्याड्रिड टिभीसँग बोल्दै भने, ‘ रोनाल्डोपछि यो जर्सी लगाउनु सहज हुँदैन । उनी क्लबको इतिहास नै बनिसकेका खेलाडी हुन् । उनको कीर्तिमान र खेल्ने शैलीलाई पूरा गर्न निकै कठिन हुनेछ ।’

रियलले सिजनको सुरुवात राम्रो स्तरमा गर्न सकेको छैन । यद्यपी हाजार्डका अनुसार रियल अझैपनि सबै उपाधिका लागि भिड्न सक्षम रहेको छ । ‘ हामी आफूले सकेको प्रयास गर्नेछौं । हाम्रो प्रयास सबै जित्नुपर्छ भन्ने हो तर कम्तिमा एक उपाधि त जित्नेपर्छ,’ उनले भने, ‘ च्याम्पियन्स लिगको बेग्लै महत्त्व छ र म त्यसै लक्ष्यसहित यहाँ आएको हुँ । यो उपाधि क्लबका लागि मात्र होइन मेरो लागि पनि महत्त्वपूर्ण रहेको छ । म विश्वकै सर्वोत्कृष्ट क्लबमा छु र आशा गर्छु मेरो प्रदर्शन पनि यसै स्तरको हुनेछ ।’

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.