default_image

5 years ago

October 30, 2019

मेस्सीद्वारा फ्रिकिकमै अर्धशतक पूरा

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले आफ्नो करीअरमा फ्रिकिकमार्फत मात्रै अर्धशतक अर्थात् ५० गोल पूरा गरेका छन् । मंगलबार भालाडोलिडविरुद्ध ५-१ को जितमा २ गोल र २ असिस्ट गरेका मेस्सीले फ्रिकिकमा गोल गर्दै उक्त आँकडा पार गरेका हुन् । मेस्सीले खेलको ३५ औं मिनेटमा पेनाल्टी क्षेत्रभन्दा केहि बाहिर रहेको फ्रिकिकलाई सिधै गोलमा परिणत […]

31 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले आफ्नो करीअरमा फ्रिकिकमार्फत मात्रै अर्धशतक अर्थात् ५० गोल पूरा गरेका छन् । मंगलबार भालाडोलिडविरुद्ध ५-१ को जितमा २ गोल र २ असिस्ट गरेका मेस्सीले फ्रिकिकमा गोल गर्दै उक्त आँकडा पार गरेका हुन् ।

मेस्सीले खेलको ३५ औं मिनेटमा पेनाल्टी क्षेत्रभन्दा केहि बाहिर रहेको फ्रिकिकलाई सिधै गोलमा परिणत गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारेका थिए । उनले पहिलोपटक सन् २००८ मा एटलेटिको म्याड्रिडविरुद्ध ला लिगाअन्तर्गत क्याम्प नोउमा फ्रिकी गोल गरेका थिए । त्यसयता उनले बार्सिलोनाबाट ४४ तथा अर्जेन्टिनाबाट ६ पटक फ्रिकिकमा गोल गरेका छन् ।

मेस्सीले ५० मध्य ३३ गोल ला लिगामा गरेका छन् । च्याम्पियन्स लिगमा ५, कोपा डेल रेमा ३, युरोपेली सुपर कपमा २ तथा स्पेनिस सुपर कपमा १ गोल गरेका उनले बाँकी छ भने राष्ट्रिय टोलीको जर्सीमा गरेका हुन् । यसमध्य २९ गोल घरेलु मैदान, १६ गोल अवे मैदान तथा ५ गोल न्युट्रल मैदानमा सम्भव भएका छन् ।

मेस्सीले एस्पान्योलविरुद्ध सर्वाधिक ६ पटक सिधै फ्रिकिकमा गोल गरेका छन् । त्यसपछि सेभिल्ला र एथ्लेटिक बिल्बाओविरुद्ध ५-५ पटक तथा एटलेटिको म्याड्रिडविरुद्ध ३ गोल फ्रिकिकमा सम्भव भएका छन् । डेपोर्टिभो, रियल म्याड्रिड, अल्मेरिया, बेटिस, भिल्लारियल र अलाभेसविरुद्ध पनि २-२ पटक उनले फ्रिकिक गोल गरेका छन । मेस्सीले सन् २०१५ सेभिल्ला तथा सन् २०१८ मा एस्पान्योलविरुद्ध एकै खेलमा २ पटक फ्रिकिक गोल समेत गरेका थिए ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.