default_image

5 years ago

October 30, 2019

‘सुनाकली’ निर्माता पत्रकार भाटलाई ड्रिम एसिया अवार्ड

क्वालालम्पुर (एजेन्सी)– एसियाली फुटबल महासंघ (एएफसी) ले पत्रकार एवंम् फिल्म निर्मात भोजराज भाटलाई ड्रिम एसिया अवार्ड २०१९ बाट सम्मान गरेको छ । मलेसियाको क्वालालम्पुरमा बुधबार भएको एएफसी सोसिएल रेस्पोन्सिबिलिटी कन्फ्रेन्समा भाट सम्मानित भएका हुन् । भाट व्यक्तिगत अवार्डबाट सम्मानित भएका थिए । उनीसँगै एनजिओका रुपमा द जापान इन्कुलसिभ फुटबल फेडेरेसन र कर्पोरेटतर्फ कतारको कोरा टाइम […]

54 views

0 Bookmark

क्वालालम्पुर (एजेन्सी)– एसियाली फुटबल महासंघ (एएफसी) ले पत्रकार एवंम् फिल्म निर्मात भोजराज भाटलाई ड्रिम एसिया अवार्ड २०१९ बाट सम्मान गरेको छ । मलेसियाको क्वालालम्पुरमा बुधबार भएको एएफसी सोसिएल रेस्पोन्सिबिलिटी कन्फ्रेन्समा भाट सम्मानित भएका हुन् ।

भाट व्यक्तिगत अवार्डबाट सम्मानित भएका थिए । उनीसँगै एनजिओका रुपमा द जापान इन्कुलसिभ फुटबल फेडेरेसन र कर्पोरेटतर्फ कतारको कोरा टाइम प्रोग्रामले ड्रिम एसया अवार्ड प्राप्त गरेका थिए । यो वर्ष २७ मध्येबाट यी तीन व्यक्ति र संस्थाले अवार्ड प्राप्त गरेका थिए । भाट र अन्य विजेताले समान १० हजार अमेरिकी डलर प्राप्त गर्नेछन् ।

लामो समयदेखि पत्रकारिता गर्दै आएका भाटले सन् २०१५ मा ‘सुनाकली’ वृत्तचित्र निर्माण गरेका थिए । मुगुका महिला फुटबल टोली तयार पार्दै उनीहरुले प्राप्त गरेको सफलतालाई बृतचित्रमा समेटिएको छ ।  युरोपलगायत विभिन्न देशका १ सय ३० ठाँउमा प्रदर्शन गरिएको सुनकलीले २० भन्दा बढी अवार्ड जितेको थियो । भाटले प्राप्त गरेको अवार्डमा अलिरेजा बेर्नाभाडले रजत पदक जितेका थिए ।

यसैगरी एनजिओतर्फ नेपालको सेल्टर आश्रय नेपालले सिल्भर अवार्ड तथा चाइल्डरिच नेपालले ब्रोन्ज अवार्ड प्राप्त गरेका छन् ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.