default_image

5 years ago

November 1, 2019

गेटाफेसँग ग्रानडाको हार

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत बिहीबार भएको खेलमा ग्रानडाले गेटाफेसँग हार बेहोर्दै शीर्षस्थानमा उक्लने अवसर गुमाएको छ । गेटाफेले घरेलु मैदानमा ३-१ को सहज जित दर्ता गर्दै ग्रानडाको उच्च लयमा पूर्णविराम लगाएको हो । खेलको ३५ अौं मिनेटमा एन्जल रोड्रिग्वेजले मार्क कुकुरेल्लाको पासमा गोेल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको ५ […]

21 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत बिहीबार भएको खेलमा ग्रानडाले गेटाफेसँग हार बेहोर्दै शीर्षस्थानमा उक्लने अवसर गुमाएको छ ।

गेटाफेले घरेलु मैदानमा ३-१ को सहज जित दर्ता गर्दै ग्रानडाको उच्च लयमा पूर्णविराम लगाएको हो । खेलको ३५ अौं मिनेटमा एन्जल रोड्रिग्वेजले मार्क कुकुरेल्लाको पासमा गोेल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको ५ मिनेटमै माउरो अरम्बारीले गेटाफेको अग्रता दोब्बर पारे ।

दोस्रो हाफको मध्यतिर ग्रानडाले गोल गर्दै खेलमा फर्कने सम्भावना देखायो । एन्टोनियो पुएर्टासले ७४ अौं मिनेटमा गोल गर्दै अग्रता कम गराएका थिए ‌। तर निर्धारित समयको २ मिनेट बाँकी रहँदा डेविड टिमोरले गेटाफेको २ गोलको अग्रता पुन: स्थापित गरे ।

लिगमा ११ खेल खेलेको ग्रानडाको यो तेस्रो हार हो । यस नतिजासँगै ग्रानडा २० अंकसहित लिगको तेस्रो तथा गेटाफे १६ अंक जोड्दै नवौं स्थानमा छ । समान १० खेल खेलेका बार्सिलोना र रियल म्याड्रिड क्रमश: २२ र २१ अंकसहित शीर्ष दुई स्थानमा छन् ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.