default_image

5 years ago

November 3, 2019

‘रंगशालामा दर्शकमाझ खेल्न आतुर छु’ – भरत

काठमाडौं (हाम्रो खेलकुद)– झन्डै ६ महिनापछि राष्ट्रिय फुटबल टोलीमा पुनरागमन गरेका भरत खवासले विश्वकप छनोटमा दशरथ रंगशाला पुगेर टोलीको हौसला बढाउन आग्रह गरेका छन् । विश्वकप छनोटअन्तर्गतको आफ्नो पाँचौं खेलमा नेपालले अर्को महिना कुवेतको आतिथ्यता गर्दैछ । अवे खेलमा ७–० को हारको बदला लिने मौकाका रुपमा समेत त्यो खेललाई लिइनेछ । ८ वर्षअघि जोर्डनसँग विश्व […]

69 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– झन्डै ६ महिनापछि राष्ट्रिय फुटबल टोलीमा पुनरागमन गरेका भरत खवासले विश्वकप छनोटमा दशरथ रंगशाला पुगेर टोलीको हौसला बढाउन आग्रह गरेका छन् ।

विश्वकप छनोटअन्तर्गतको आफ्नो पाँचौं खेलमा नेपालले अर्को महिना कुवेतको आतिथ्यता गर्दैछ । अवे खेलमा ७–० को हारको बदला लिने मौकाका रुपमा समेत त्यो खेललाई लिइनेछ । ८ वर्षअघि जोर्डनसँग विश्व कप छनोटको अवे खेलमा जोर्डनसँग ९–० को हार बेहोरेको ५ दिनपछि दशरथ रंगशालामा नेपालले १–१ को बराबरी खेलेको थियो ।

सायद यसपटक कुवेतसँग खेल्दा घरेलु टोली र भरतसँग त्यस्तै अपेक्षा गरिनेछ । ८ वर्षअघि उनै भरतले जोर्डनविरुद्ध पहिलो गोल गरेका थिए । यद्दपी पछि जोर्डनले गोल फर्काएको थियो । चार वर्ष भन्दा लामो समयपछि दशरथ रंगशालामा हुने खेलले हरेकलाई उत्साहित बनाउने भरतको बुझाई छ । ‘अन्त खेल्नु र दशरथ रंगशालामा खेल्नुमै फरक पर्छ । मलाई लाग्छ हामी यहाँ जस्तो टोलीलाई पनि कडा टक्कर दिन सक्छौं,’ उनले थपे, ‘घरेलु समर्थनले अर्कै उर्जा मिल्ने गर्छ । रंगशालामा खेल्न निकै आतुर छु । म सबैलाई आग्रह गर्न चाहन्छु दशरथ रंगशाला आएर हाम्रो हौसला बढाउनुहोला ।’

पछिल्लो पटक नेपाल र भारतबीच विश्व कप छनोट खेल भएयता दशरथ रंगशालामा नेपाली टोलीले फुटबल खेलेको छैन । २०७२ वैशाख १२ को विनाकारी भूकम्पपछि दशरथ रंगशालामा कुनै पनि प्रतिस्पर्धात्मक फुटबल भएको छैन । अब विश्व कप छनोटका ४ खेल नेपाली टोलीले दशरथ रंगशालामा खेल्नेछ । बिहीबार म्यानमारविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि टोलीमा परेपछि भरतले थपे, ‘यहाँ खेल्दा हामी अंक खोस्न वा खेल जित्न पनि सक्छौं । ‘

मार्चमा कुवेतविरुद्धको मैत्रीपूर्ण खेलपछि भरत पहिलो पटक टोलीमा परेका हुन् । त्यसबीचमा उनले तीन महिना थाइल्यान्डमा सेनाको प्रशिक्षण लिएका थिए । त्यसपछि फर्केर उनले मोसफलका केहि प्रतियोगिता खेले । उनी भन्छन्, ‘थाइल्यान्डमा त मैले खासै खेल्न पाइन । फर्केर आएपनि मोसफलका केहि प्रतियोगिता आर्मी र अन्य क्लबबाट खेले । त्यसले फिटनेसमा आउन मद्दत गर्यो ।’

टोलीका सबैभन्दा सिनियर खेलाडीका रुपमा रहेका भरतले पछिल्ला समयमा टोलीमा युवा खेलाडीले स्थान बनाइसकेकोले आफुलाई पहिलो रोजाईमा पनि सहज नहुने सुनाए । ‘प्रतिस्पर्धा निकै छ । मैले आफुलाई त्यहि रुपमा प्रस्तुत गर्नुपर्ने हुन्छ । आफ्नो ठाँउ सुरक्षित गर्न मैले आफुले जिम्मेवारी पाउँदा निर्वाह गर्नुपर्दछ,’ गत वर्ष साफ च्याम्पियनसिपमा टोलीको कप्तानी समेत गरिसकेका भरतले थपे, ‘आफ्नोतर्फबाट म पुरा कोशिस गर्नेछु । सफल हुन्छु भन्ने विश्वास छ । ‘

लामो समयपछि टोलीमा फर्कदा केहि कठिनाई त पक्कै भयो होला भन्ने प्रश्नमा देशका लागि ५० भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलिसकेका उनले भने, ‘पहिलो दिन मलाई गाह्रो भयो । लामो समय यहि खेलाडीसँग खेलेकोले चाडै घुलमिल भए । त्यपछि खासै समस्या भएको छैन । म्याचका लागि फिट छु भन्ने लाग्छ ।’

सन् २००८ देखि भरत राष्ट्रिय टोलीको हिस्सा रहँदै आएका छन् । चोट र व्यक्तिगत कारणबाहेक उनी लगातार टोलीको महत्वपूर्ण सदस्य रहँदै आएका छन् । म्यानमानरविरुद्ध बिहीबार हुने खेलमा सम्भवत नेपाली टोली उनकै कप्तानीमा उत्रने सम्भावना छ । उनी टोलीका सबैभन्दा सिनियर खेलाडी हुन् । सिनियर खेलाडीलाई कप्तानीको जिम्मेवारी दिने टोलीको परम्परा रहँदै आएको छ ।

राष्ट्रिय टोलीमा फर्केपछि यसो भन्छन् भरत :

May 4, 2024

रियल म्याड्रिड स्पेनिस लिग उपाधि नजिक

एजेन्सी – कीर्तिमानी विजेता टोली रियल म्याड्रिड स्पेनिस शीर्ष डिभिजन ला लिगाको उपाधिको नजिक पुगेको छ । काडिज माथि शनिबार भएको खेलमा ३-० को जित निकाल्दै रियलको ४ खेल बाँकी छँदै २०२३/०२३ लिग उपाधिको नजिक पुगेको हो । रियलको जितमा ब्राहिम डियाज, जुड बेलिङ्घम र जोसेलुले समान‌ १ गोल गरे । ५१औं मिनेटमा बक्सको छेउबाट […]

May 4, 2024

आर्सनलद्वारा बर्नमाउथ पराजित

एजेन्सी – इंग्लिश प्रिमियर लिगको शीर्ष स्थानमा रहेको टोली आर्सनलले बर्नमाउथलाई पराजित गरेको छ । शनिबार भएको दिनको पहिलो खेलमा आर्सनल ३-० ले विजयी भएको हो । आक्रामक खेल प्रदर्शन गरेतापनि आर्सनलले अग्रता लिन पहिलो हाफको अन्त्य कुर्नु परेको थियो । बर्नमाउथका गोलरक्षक मार्क ट्राभर्सले काई हाभर्ट्ज माथि फाउल गरेपछि पाएको पेनाल्टीमा गोल गर्दै बुकायो […]

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

Success

Thank you for your time.