default_image

4 years ago

November 12, 2019

‘रोनाल्डो अहिले उत्कृष्ट लयमा छैनन्’

एजेन्सी – युभेन्ट्स सुपर स्टार क्रिस्टियानो रोनाल्डोको प्रदर्शन जारी सिजन २०१९/२० तुलानात्मक रुपमा उच्च हुन सकेको छैन । इटालियन फुटबल प्रशिक्षक फाबियो कापेलोले पछिल्लो तीन वर्षमा पोर्चुगिज कप्तानको प्रदर्शन ओरालो लागेको बताएका छन् । इटालियन सिरि ‘ए’मा आइतबार युभेन्ट्सले एसी मिलानलाई १–० ले हराउँदा प्रशिक्षक माउरिजियो सार्रीले रोनाल्डोलाई परिवर्तन गरेका थिए । मध्यसाताको खेलमा पनि […]

46 views

0 Bookmark

एजेन्सी – युभेन्ट्स सुपर स्टार क्रिस्टियानो रोनाल्डोको प्रदर्शन जारी सिजन २०१९/२० तुलानात्मक रुपमा उच्च हुन सकेको छैन । इटालियन फुटबल प्रशिक्षक फाबियो कापेलोले पछिल्लो तीन वर्षमा पोर्चुगिज कप्तानको प्रदर्शन ओरालो लागेको बताएका छन् ।

इटालियन सिरि ‘ए’मा आइतबार युभेन्ट्सले एसी मिलानलाई १–० ले हराउँदा प्रशिक्षक माउरिजियो सार्रीले रोनाल्डोलाई परिवर्तन गरेका थिए । मध्यसाताको खेलमा पनि उनलाई प्रशिक्षकले परिवर्तन गरेका थिए । लगातार दुई खेलमा परिवर्तन भएको यो सम्भवत पहिलो पटक हो ।

‘रोनाल्डो उत्कृष्ट च्याम्पियन हुन् । त्यसमा कसैले विवाद गर्न आवश्य छैन । तर पछिल्लो तीन वर्षयता उनले कुनै पनि खेलाडीका लागि ड्रिबलमा बिट गर्दै पास दिएका छैनन्,’ कापेलोले भने, ‘अहिलेको क्षणमा उनी उत्कृष्ट लयमा छैनन् । त्यसैले उनलाई परिवर्तन गर्नु सामान्य हो । सार्रीले उनको व्यक्तित्व हेरेर परिवर्तन गर्ने होइन । ‘

कापेलो रोनाल्डोको व्यवहारको आलोचना पनि गरेका छन् । ‘परिवर्तन पछि रोनाल्डो बेन्चमा नबस्नु र प्रशिक्षकसँग विवाद गर्नु राम्रो होइन,’ रियल म्याड्रिडका पूर्व प्रशिक्षकले भने,’ च्याम्पियनहरु पनि परिवर्तन हुन्छन् । सबै चिज राम्रो हुँदा पनि परिवर्तन त हुन्छ नि । उनले सहकर्मीको पनि सम्मान गर्नुपर्दछ । ‘

सार्रीले पनि रोनाल्डोको व्यवहारका विषयमा छलफल गरेका छन् । रोनाल्डोसँगको छलफल सकारात्मक रहेको उनको भनाईबाट बुझिन्थ्यो । ‘परिवर्तनमा खेलाडी रिसाउनु स्वभाविक हो,’ सार्रीले भने, ‘मेहेनत गर्ने खेलाडीको त्यो प्रतिक्रिया स्वभाविक हो । यो प्रशिक्षकका लागि पनि राम्रै हो । ‘

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.