default_image

4 years ago

November 18, 2019

रोनाल्डोको ९९औं गोल, पोर्चुगल युरोकपमा छनोट

एजेन्सी – सुपरस्टार फरवार्ड क्रिष्टियानो रोनाल्डोको ९९औं अन्तर्राष्ट्रिय गोलसँगै डिफेन्डिङ च्याम्पियन पोर्चुगलले युरोकपमा स्थान बनाएको छ ।  युरोकपमा स्थान बनाउन जित्नै पर्ने खेलमा पोर्चुगलले घरेलु टोली लक्जेमवर्गलाई २–० ले पराजित गर्दै समूह ‘बी’ को उपाविजेताको रुपमा छनोट हुन सफल भएको हो ।   छनोटको नजिक रहेको सर्विया शीर्षस्थानको युक्रेनसँग २–२ गोलको बराबरीमा रोकिएपछि पोर्चुगलको छनोट जीवित […]

31 views

0 Bookmark

एजेन्सी – सुपरस्टार फरवार्ड क्रिष्टियानो रोनाल्डोको ९९औं अन्तर्राष्ट्रिय गोलसँगै डिफेन्डिङ च्याम्पियन पोर्चुगलले युरोकपमा स्थान बनाएको छ ।  युरोकपमा स्थान बनाउन जित्नै पर्ने खेलमा पोर्चुगलले घरेलु टोली लक्जेमवर्गलाई २–० ले पराजित गर्दै समूह ‘बी’ को उपाविजेताको रुपमा छनोट हुन सफल भएको हो ।  

छनोटको नजिक रहेको सर्विया शीर्षस्थानको युक्रेनसँग २–२ गोलको बराबरीमा रोकिएपछि पोर्चुगलको छनोट जीवित बनेको थियो । जितसँगै पोर्चुगलले ८ खेलबाट १७ अंक जोड्दै दोस्रो स्थानमा रह्यो । शीर्षस्थानको युक्रेनले २० अंक जोड्यो । सर्वियाको १४, लक्जेमवर्गको ४ तथा लिथुनियाको १ अंक रह्यो ।

लक्जेमवर्गमा आइतबार राति भएको खेलमा पोर्चुगललाई जिताउन ब्रुनो फर्नान्डेज र रोनाल्डोले गोल गरे । घरेलु टोलीलाई दवावमा राखेपनि पोर्चुगलले गोलको लागि ३९औं मिनेट कुर्नुपरेको थियो । खेलको ३९औं मिनेटमा बर्नाडो सिल्भाको पासमा ब्रुनोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । त्यसअघि ३२औं मिनेटमा पोर्चुगलका राफयल गुरेरोले गोलको सुन्दर मौका खेर फालेको थियो ।

दोस्रो हाफमा पनि दुवै टोलीले केही मौका खेर फालेको थियो । ८०औं मिनेटमा रोनाल्डोको फ्रिकिक पोस्टबाट थोरै बाहिरिएको थियो । खेल सकिन ४ मिनेट बाँकी रहँदा रोनाल्डोले गोल गर्दै पोर्चुगलाई २–० को जित दिलाए । २००३ देखि राष्ट्रिय टोलीमा रहेका रोनाल्डोको यो १६४ खेलमा ९९औं अन्तर्राष्ट्रिय गोल हो । उनी १०० गोल नजिक रहेका छन् ।

पोर्चुगलले २०१६ को युरोकपमा आयोजक फ्रान्सलाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै च्याम्पियन बनेको थियो ।

यही समूहको अर्का खेलमा सर्विया र युक्रेनले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे । बराबरीसँगै सर्वियाको प्ले अफबाट छनोट हुने सम्भावना रहेको छ ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.