default_image

4 years ago

November 20, 2019

बेल्जियमको आधा दर्जन गोल

46 views

0 Bookmark

एजेन्सी – केभिन डि ब्रुयन र क्रिस्टियन बेन्टेकेले समान दुई गोल गरेपछि बेल्जियमले युरोकप छनोटमा शतप्रतिशत जितको नतिजा निकाल्दै छनोटको सुखद अन्त्य गरेको छ । बेल्जियमले साइप्रसमाथि ६–१ को सहज जित निकालेको हो ।

ब्रसेल्समा मंगलबार राति भएको खेलमा बेल्जियमको आधा दर्जन गोलमा यान्निक कारास्कोले एक गोल थप्दा एक गोल उपहार पायो ।साइप्रसका निकोलसले एक गोल फर्काए । खेलको १४औं मिनेटमा निकोलसको गोलबाट साइप्रस खेलमा अघि बढेको थियो । तर, त्यसको दुई मिनेटपछि बेन्टेकेले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

३६औं केभिन डि ब्रुयनले गोल गर्दै बेल्जियनले खेलमा २–१ को अग्रता दिलाए । ४१औं मिनेटमा केभिन डि ब्रुयनले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए । ४४औं मिनेटमा कारास्कोले गोल गरेपछि बेल्जियमले पहिलो हाफमा ४–० को आरामदायी अग्रतामा ल्याए ।

५१औं मिनेटमा क्रिस्टोफोले आत्मघाती गोल गरेपछि बेल्जियम सहज जिततर्फ अग्रसर बन्यो । ६८औं मिनेटमा बेन्टेकेले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियनलाई ६–१ को फराकिलो जित दिलाए ।

जितसँगै बेल्जियम छनोटमा अपराजित रह्यो । बेल्जियमले १० खेलबाट ३० अंक जोड्दै समूह ‘आई’ मा शीर्षस्थानमा रह्यो । यस्तै बेल्जियमले छनोटमा ४० गोल गर्दै ३ गोल मात्रै बेहोर्‍यो ।

यही समूहको अर्काे खेलमा रुसले सान मारिनोमाथि ५–० को फराकिलो जित निकाल्यो । छनोटमा रुसले १० खेलबाट २४ अंक जोड्दै दोस्रो स्थानमा रह्यो । अर्काे खेलमा स्कटल्यान्डले काजकस्तानमाथि ३–१ को जित निकाल्यो ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.