default_image

4 years ago

November 23, 2019

बेलसहितका स्टार प्रशिक्षणमा फर्किए

एजेन्सी – रियल म्याड्रिडलाई महत्वपूर्ण सफलता दिलाउनमा भूमिका खेलेका वेल्सका स्टार गेराथ बेल स्पेनमा खासै प्रिय बन्न सकेनन् । कहिले चोट र कहिले प्रशिक्षक जिनेदिन जिदानसँगको खटपटका कारण उनी आलोचित पनि बन्दै आएका छन् । पछिल्लो पटक युरो कपका लागि वेल्स छनोट भएपछि उनको हर्कतले क्लबका समर्थकलाई निराश बनाएको थियो । वेल्सका समर्थकले ल्याएको वेल्स, […]

37 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडलाई महत्वपूर्ण सफलता दिलाउनमा भूमिका खेलेका वेल्सका स्टार गेराथ बेल स्पेनमा खासै प्रिय बन्न सकेनन् । कहिले चोट र कहिले प्रशिक्षक जिनेदिन जिदानसँगको खटपटका कारण उनी आलोचित पनि बन्दै आएका छन् । पछिल्लो पटक युरो कपका लागि वेल्स छनोट भएपछि उनको हर्कतले क्लबका समर्थकलाई निराश बनाएको थियो ।

वेल्सका समर्थकले ल्याएको वेल्स, गल्फ, म्याड्रिड लेखेको ब्यानर समातेर तस्बिर खिचेर उनी पुनः विवादमा परेका छन् । त्यसका वावजुद अन्तर्राष्ट्रिय विश्राम पछि उनी रियलको प्रशिक्षणमा फर्केका छन् । महिना दिन भन्दा लामो समयपछि रियलका अन्य सहकर्मीसँग उनले अभ्यास गरेका छन् । पछिल्लो पटक उनले अक्टोबर १४ मा टोलीसँग अभ्यास गरेका थिए ।

वेल्ससँग हुँदाको घटना पछि पनि उनी शनिबार ला लिगामा रियल सोसिडाडसँग हुने खेलका लागि टोलीमा छन् । यद्दपी उनी पहिलो रोजाईमा पर्ने खेल्न पाउने नपाउने निश्चित भईसकेको छैन । कम्तीमा उनी उपलब्ध रहने भन्ने पक्का भइसकेको छ । टोलीको प्रशिक्षणमा बिहीबार फर्कनेमा बेल मात्र छैनन् ।

उनीसँगै कप्तान सिर्जियो रामोस, इडन हाजार्ड, थिबाउट कोर्टियोस, टोनी क्रुस, इडर मिलिटाओ र रोड्रीगो गोएस पनि प्रशिक्षणमा सामेल भएका छन् । लुकास भाज्केज भने बायाँ खुट्टामा चोटका कारण मैदान बाहिर नै छन् । नाचो फर्नान्डेज मैदानमा फिट हुनका लागि प्रयास गरिरहेका छन् । त्यस्तै मार्सेलो र हामेस रोड्रिग्वेज जिममा अभ्यास गर्न थालेका छन् ।

यो पनि पढ्नुहोस् : ‘वेल्स, गल्फ म्याड्रिड’

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.