default_image

4 years ago

November 25, 2019

च्यासलमा तीन जापानी खेलाडी

75 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरको च्यासलले युथ क्लबले शहिद स्मारक ए डिभिजन लिगलाई लक्षित गर्दै तीन जापानीज खेलाडीलाई अनुबन्ध गरेको छ । एसियन फुटबलको पावर हाउसका रुपमा रहेको जापानबाट च्यासलले तीन खेलाडी अनुबन्ध गरेको हो ।

मिडफिल्डर जुन इचि ओजावालाई यसअघि नै अनुबन्ध गरिसकेको च्यासले हायातो वाकिनो र ताइगा नाकामुरालाई ‘ए’ डिभिजन लिगलाई अनुबन्ध गरेको हो । जुन इचीले चन्द्रागिरी गोल्डकपमा समेत खेलिसकेका छन् । त्यसैगरी राष्ट्रिय टोलीका लागि खेलिसकेका फरवार्ड सन्तोष साहुखलले यस सिजन पनि च्यासलबाट नै खेल्ने क्लबका अध्यक्ष रमेश ब्याञ्जनकारले बताएका छन् । सन्तोषले अघिल्लो सिजन पनि सिजनको मध्यभाग च्यासलबाटै खेलेका थिए ।

हायातोले यसअघि मंगोलियाको इर्चिम उलानबटारबाट खेलेका थिए । उनीसँग न्युजिल्यान्ड, अस्ट्रेलिया, लिथोनिया र जापानको तेस्रो श्रेणीको लिग खेलेको अनुभव छ । ताइगो नाकामुरा जापानीजत राष्ट्रिय यू–१५ टिमका कप्तान समेत भएका थिए । उनले लाओस प्रिमियर लिगमा लुआंगप्रबंग युनाटेडमा आवद्ध भएर खेलेका थिए । जुन इचि ओजावा गोयो एफसी मंगालिया र लाओस लुआङ प्रवाङ एफसीका लागि खेल्थे ।

मंसिर अन्तिमबाट हुने ए डिभिजन लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्ने छन् । च्यासलले राष्ट्रिय टोलीमा रहेका खेलाडीसहित लिगको लागि बलियो टोली निर्माण गरेको छ । च्यासलले छिमेकी प्रतिद्वन्द्वी थ्रीस्टारबाट खेल्दै आएका केहि खेलाडी आवद्ध गराउन सफल भएको छ । पहिलो रोजाईका गोलरक्षक एलन न्यौपाने, मिडफिल्डर सुनिल वल, डिफेन्डर दिनेश राजवंशी र युवा मिडफिल्डर नितिन थापालाई च्यासलले अनुबन्धन गरेको छ ।

अघिल्लो सिजन क्लबमा रहेका छिरिङ्ग गुरुङ, हेमन्त थापामगरलगायत खेलाडी यस सिजन पनि च्यासलमै रहेका छन् । क्लबले प्रशिक्षकमा बालगोपाल साहुखललाई जिम्मेवारी दिएको क्लबका अध्यक्ष रमेश ब्याञ्जनकारले बताए ।

May 20, 2024

डिबाला बिना अर्जेन्टिनाको टोलीको घोषणा

एजेन्सी – अर्जेन्टिनी फुटबल एसोसिएसन (एएफए) ले आउँदो कोपा अमेरिकाका लागि सार्वजनिक गरेको प्रारम्भिक अर्जेन्टिना टोलीमा स्टार खेलाडी पाउलो डिबाला पर्न असफल भएका छन् । इटालियन टोली रोमामा आवद्ध उनी २९ जनाको प्रारम्भिक टोलीमा समेत रहन असफल रहे । डिबालाले यस सिजन रोमाका लागि ३८ खेलमा १६ गोल गरेका छन् । लिगको छैठौं स्थानमा रहेको […]

May 20, 2024

सोर्लाेथको चार गोलमा रियल म्याड्रिड रोकियो

एजेन्सी – नर्वेली फरवार्ड अलेक्जेन्डर सोर्लाेथले ह्याट्रिकसहित चार गोल गरेपछि भिल्लारियलले यो सिजनको ला लिगाको च्याम्पियन बनिसकेको रियल म्याड्रिड बराबरीमा रोक्न सफल भएको छ । खेलमा आरामदायी अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा र सोर्लाेथ एक्लैले चार गोल गरेपछि रियल म्याड्रिड घरेलु टोली भिल्लारियलसँग ४–४ गोलको बराबरीमा रोकिएको हो । गोलको वर्षा भएको खेलमा रियलका अर्दा […]

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

Success

Thank you for your time.