default_image

4 years ago

November 25, 2019

‘विकल्पमा आएका खेलाडी प्रतिभावान छन्’ – प्रशिक्षक महर्जन

64 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले झन्डै साँढे चार वर्षपछि दशरथ रंगशालामा अभ्यास गरेको छ । विसं २०७२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त बनेको रंगशालाको पुननिर्माण कार्य अन्तिम चरणमा रहेपनि मैदान खेल्न योग्य बनेपछि टिमले प्रशिक्षण शुरु गरेको हो ।

नेपाली टोलीका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले विगत चार महिनादेखि निरन्तर प्रशिक्षणमा रहेका कारण उपाधि रक्षा टिमको क्षमता रहेको बताएका छन् । ‘हामी डिफेन्डिङ च्याम्पियन हौं । हामीलाई घरेलु मैदानमा उपाधि रक्षा गर्न उत्तिकै मौका र दवाव छ । हामी हाम्रो तरिकाले उपाधि रक्षा गर्ने योजनामा नै खेल्नेछौं,’ प्रशिक्षक महर्जनले भने, ‘चार महिनाको प्रशिक्षणले हरेक पोजिसनमा राम्रो बनेको छ । सुधार्ने प्रयास पनि भएको छ । निर्देशन अनुसार खेल्न सके हामी उपाधि रक्षा गर्न सक्षम छौं ।’

प्रशिक्षक महर्जनले आफ्ना तीन मुख्य खेलाडीहरु टोलीमा नरहेपनि उनीहरुको स्थानमा रहेका अन्य तीन खेलाडीहरु पनि प्रतिभावान् नै रहेको बताए छन् । ‘तीन खेलाडी हामीले थपेका छौं । वैकल्पिकमा रहेर पनि पछि सेटमा आएका खेलाडीहरुले राम्रो खेलिरहेको उदाहरण छन् । अहिले थप गरिएका खेलाडी पनि क्षमतावान् छन् । राम्रो प्रदर्शन गर्नेमा म विश्वस्त छु,’ प्रशिक्षक महर्जनले भने, ‘झन्डै साँढे चार वर्षपछि खेलाडीले दशरथ रंगशालामा अभ्यास गरेका छन् । रंगशालामा प्रवेश गर्दा नै खेलाडीको मनोबल उच्च छ । खेलाडीहरुमा यहाँ कहिले खेलौं, समर्थकको मन जितौ र राम्रो नतिजा दिउँ भन्ने हुटहुटी छ ।’

अनुशासनको कारवाहीमा परेका फरवार्ड विमल घर्तीमगर, अन्जन विष्ट र दीनेश राजवंशीको स्थानमा महर्जनले तीन फरवार्डलाई टोलीमा समेटेका छन् । एपीएफका राजीव लोप्चन, फ्रेन्ड्सका प्रेजेन तामाङ र एनआरटीका राजेश परियारले टोलीमा स्थान बनाएका हुन् । तीनै खेलाडीले नेपालका लागि उमेर समूहमा राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका छन् ।

यस्तै प्रशिक्षक महर्जनले भारत दक्षिण एसियाको हरेक खेलमा जस्तै फुटबलमा पनि उत्कृष्ट टोली रहेपनि प्रतिस्पर्धामा जुनसुकै टिमसँग खेल्न सक्नुपर्ने बताए । ‘ हामीले भारत आउने भन्दैमा हिचकिचाउने र नआउने भन्दैमा रमाउने भन्ने हुदैन । हामी त्यहीअनुसार तयार हुनुपर्ने बताए । हाम्रो लक्ष्य स्वर्ण पदक जित्ने हो र त्यसका लागि हरप्रयास गर्नेछौं,’ उनले थपे ।

यु–२३ टोलीका कप्तान सुजल श्रेष्ठले एक फुटबल खेलाडीको नाताले झन्डै चार वर्षपछि बुट लगाएर रंगशाला छिनु खुशी र गर्वको कुरा रहेको बताएका छन् । ‘यो हामी खेलाडीको लागि खुशीको कुरा हो । खेलाडीहरु उत्साहित छौं । हामी झन्डै चार वर्षपछि रंगशालामा फर्किएका छौं । घरेलु मैदानमा उपाधि रक्षा गर्ने प्रयासमा रहनेछौं, ‘ कप्तान सुजलले भने।

‘उपाधि रक्षा गर्न टिममा क्षमता छ । हामी दक्षिण एसियामा सधै उपाधिको दावेदार हौं । हामीसँग मुख्य तीन खेलाडी टोलीमा नरहेपनि अन्य खेलाडीमा उत्तिकै क्षमतावान् छन् । होम ग्राउन्डमा उपाधि रक्षा गर्न हामीलाई उत्तिकै चुनौती र दवाव छ,’ कप्तान सुजलले सागमा भारत नआउने भएसँगै बंगदलादेश केही बलियो टोलीको रुपमा चित्रण गरे । ‘भारत पनि सागमा भएको भए छुट्टै आनन्द आउने थियो । भारतसँग खेल्दै जित निकाल्न पाएको भए त्यसको स्वाद नै छुुट्टै हुने थियो,’ उनले थपे ।

हाल रंगशालाको भीआईपीतर्फको प्यारापिटको छानो हाल्ने काम मात्रै बाँकी छ । मंसिर १५ गतेबाट सुरु हुने १३ औं सागको उद्घाटन र समापन दशरथ रंगशालामा हुनेछ । यस्तै सागको पुरुष फुटबल र एथलेटिक्स खेल रंगशालामा हुनेछ । उद्घाटनको दिनसम्म निर्माण कार्य सम्पन्न हुने राखेपले बताएको छ ।

May 20, 2024

डिबाला बिना अर्जेन्टिनाको टोलीको घोषणा

एजेन्सी – अर्जेन्टिनी फुटबल एसोसिएसन (एएफए) ले आउँदो कोपा अमेरिकाका लागि सार्वजनिक गरेको प्रारम्भिक अर्जेन्टिना टोलीमा स्टार खेलाडी पाउलो डिबाला पर्न असफल भएका छन् । इटालियन टोली रोमामा आवद्ध उनी २९ जनाको प्रारम्भिक टोलीमा समेत रहन असफल रहे । डिबालाले यस सिजन रोमाका लागि ३८ खेलमा १६ गोल गरेका छन् । लिगको छैठौं स्थानमा रहेको […]

May 20, 2024

सोर्लाेथको चार गोलमा रियल म्याड्रिड रोकियो

एजेन्सी – नर्वेली फरवार्ड अलेक्जेन्डर सोर्लाेथले ह्याट्रिकसहित चार गोल गरेपछि भिल्लारियलले यो सिजनको ला लिगाको च्याम्पियन बनिसकेको रियल म्याड्रिड बराबरीमा रोक्न सफल भएको छ । खेलमा आरामदायी अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा र सोर्लाेथ एक्लैले चार गोल गरेपछि रियल म्याड्रिड घरेलु टोली भिल्लारियलसँग ४–४ गोलको बराबरीमा रोकिएको हो । गोलको वर्षा भएको खेलमा रियलका अर्दा […]

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

Success

Thank you for your time.