default_image

4 years ago

November 27, 2019

रियल म्याड्रिड पीएसजीसँग बराबरीमा रोकियो

एजेन्सी – घरेलु मैदानमा तीन मिनेटको अन्तरमा दुई गोल खाएपछि रियल म्याड्रिड फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेनसँग बराबरीमा रोकिएको छ । एक समय रियल २-० ले अगाडि रहेपनि खेल २-२ को बराबरीमा सकियो । यसका बाबजुद रियल च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । अपराजित पीएसजी यसअघि नै अगाडि बढिसकेको छ । रियलका लागि […]

35 views

0 Bookmark

एजेन्सी – घरेलु मैदानमा तीन मिनेटको अन्तरमा दुई गोल खाएपछि रियल म्याड्रिड फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेनसँग बराबरीमा रोकिएको छ ।

एक समय रियल २-० ले अगाडि रहेपनि खेल २-२ को बराबरीमा सकियो । यसका बाबजुद रियल च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । अपराजित पीएसजी यसअघि नै अगाडि बढिसकेको छ ।

रियलका लागि करीम बेन्जेमाले नै दुवै गोल गरेका थिए । उनले खेलको १७ अौं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाए । इस्कोको सुरुवाती प्रहार पोस्टमा लागेर फर्किएपछि बेन्जेमाले रिबाउन्डमा राम्रो फिनिसिङ गरे ‌।

बेन्जेमाले नै रियलको अग्रता दोब्बर पारे । उनले मार्सेलोको क्रसलाई ६ यार्ड बक्स नजिकबाट हेडरमार्फत गोल गर्दै जित तर्फ अग्रसर गराएका थिए । तर, रियलको डिफेन्समा कमजोरी हुँदा पीएसजीले खेलमा फर्कने अवसर पायो ।

थोमस मिउनिएरको क्रसमा रियलका गोलरक्षक थिबाउट कोर्टूवा र डिफेन्डर राफेल भारानबीच तालमेल नमिल्दा किलिएन एमबाप्पेले सहज गोल गरे ‌। त्यसको एक मिनेटपछि नै पाब्लो सराबियाले उत्कृष्ट फिनिस गरे । जुलियन ड्राक्सलरको प्रहार डिफेन्सले ब्लक गरेपनि रिबाउन्डमा सराबियाको प्रहारलाई कोर्टूवाले रोक्ने अवसर नै पाएनन् ।

यस नतिजासँगै दुवै टोली अर्को चरणमा प्रवेश गरेका छन् । ५ खेलमा ४ जित र १ बराबरी खेलेको पीएसजी १३ अंकसहित समूह विजेता बनेको छ ‌। रियल ५ खेलमा ८ अंक जोड्दै उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ ।

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

Success

Thank you for your time.