default_image

4 years ago

December 14, 2019

सलाहको दुई गोलसँगै लिभरपुल अझै अपराजित

एजेन्सी – मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिगमा अपराजित यात्रालाई निरन्तरता दिदा शनिबार साँझ वाटफोर्डलाई पराजित गरेको छ । घरेलु मैदान एनफिल्डमा लिभरपुलले वाटफोर्डमाथि २–० को जित निकालेको हो । लिभरपुलको अपराजित यात्रामा शनिबार राति मोहम्मद सलाहले दुवै गोल गरे । प्रिमियर लिगमा लिभरपुल १७ खेलसम्म अपराजित रहन सफल भएको छ । यसक्रममा लिभरपुलले १६ […]

40 views

0 Bookmark

एजेन्सी – मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिगमा अपराजित यात्रालाई निरन्तरता दिदा शनिबार साँझ वाटफोर्डलाई पराजित गरेको छ । घरेलु मैदान एनफिल्डमा लिभरपुलले वाटफोर्डमाथि २–० को जित निकालेको हो ।

लिभरपुलको अपराजित यात्रामा शनिबार राति मोहम्मद सलाहले दुवै गोल गरे । प्रिमियर लिगमा लिभरपुल १७ खेलसम्म अपराजित रहन सफल भएको छ । यसक्रममा लिभरपुलले १६ खेलमा जित र एक बराबरीको नतिजा निकालेको छ ।

यस्तै लिभरपुलले जित निकालेसँगै उपाधि होड थप बलियो बनाएको छ । १७ खेलबाट ४९ अंक जोडेको लिभरपुलले दोस्रो स्थानको लेस्टर सिटीलाई ११ अंकले पछि पारेको छ । यद्दपि लेस्टरले एक खेल कम खेलेको छ ।

वाटफोर्डलाई दवावमा राखेपनि लिभरपुलले गोलको लागि ३८औं मिनेट कुर्नुपरेको थियो । खेलको ३८औं मिनेटमा साडियो मानेको पासमा सलाहले गोल गर्दै लिभरपुललाई अघि बढाएका थिए । सलाहले कर्नरबाट काउन्टर अट्याकमा आएको पासलाई सदुपयोग गर्दै सानदार गोल गरे ।

दोस्रो हाफमा पनि लिभरपुलले वाटफोर्डलाई दवावमा राखेपनि थप गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । ९०औं मिनेटमा डिभोक ओरिगीको पासमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई २–० को जित दलाए । उनले ब्याकहिलमा विपक्षी डिफेन्डरलाई उत्कृष्ट  नटमेग गर्दै गोल गरेका थिए । हारपछि वाटफोर्ड ९ अंक जोडेर रेलिगेसन जोनको पुछारमा छ ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.