default_image

4 years ago

December 23, 2019

विलियन चम्कदा चेल्सीसँग टोटेनहमको हार

एजेन्सी – ब्राजिलियन विंगर विलियनको दुई गोल सहयोगमा लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा टोटेनहम हस्टपरलाई पराजित गरेको छ । चेल्सीले टोटेनहमलाई उसकै मैदानमा २–० ले हराएको हो । टोटेनहम हस्टपर स्टेडियम लन्डनमा घरेलु टोलीलाई पराजित गर्न विलियनले दुवै गोल पहिलो हाफमा गरेका थिए । खेलको १२औं मिनेटमा माटियो कोभासिसको पासमा विलियनले गोल गर्दै घरेलु […]

31 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन विंगर विलियनको दुई गोल सहयोगमा लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा टोटेनहम हस्टपरलाई पराजित गरेको छ । चेल्सीले टोटेनहमलाई उसकै मैदानमा २–० ले हराएको हो ।

टोटेनहम हस्टपर स्टेडियम लन्डनमा घरेलु टोलीलाई पराजित गर्न विलियनले दुवै गोल पहिलो हाफमा गरेका थिए । खेलको १२औं मिनेटमा माटियो कोभासिसको पासमा विलियनले गोल गर्दै घरेलु टोलीविरुद्ध अग्रता लिन सफल भएको थियो ।

प्हिलो हाफको इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा विलियनले पेनाल्टीमार्फ गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाएको थियो ।
मार्काेस अलन्सोलाई पेनाल्टी बक्समा गोलरक्षक पाउलो गाजानिगाले लडाएपछि भिएआरको सहायता चेल्सीले पेनाल्टीको मौका पाएको थियो । जसलाई विलियनले कुनै गल्ती गरेनन् ।

घरेलु टोलीलाई चेल्सीले दोस्रो हाफमा दवावमा राखेपनि थप गोल गर्न सकेन । ६२औं मिनेटमा टोटेनहमका ह्युङ मिन सन सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएको थियो । एन्टेनियो रुडिगरमाथि खराव ट्याकल गरेसँगै भिएआरको सहायतामा सनलाई रातो कार्ड देखाइएको थियो । त्यसपछिको फाइदा चेल्सीले उठाउन नसकेपनि चेल्सी २–० ले विजयी हुन  सफल भयो । चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्ड आफ्नै पुर्व प्रशिक्षक जोसे मोउरिन्होविरुद्ध बाजी मार्न सफल भए ।

जितपछि चेल्सी १८ खेलबाट ३२ अंक जोडेर चौथो स्थानमा यथावत छ । पराजित टोटेनहम २६ अंकसहित सातौ स्थानमा छ । १७ खेलबाट लिभरपुल ४९ अंकसहित शीर्ष स्थानमा रहँदा लेस्टर सिटी ३९ अंक जोडेर दोस्रो तथा म्यानचेस्टर सिटी ३८ अंकसहित तेस्रो स्थानमा छ ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.