default_image

4 years ago

December 23, 2019

अभागी रियल बराबरीमा रोकियो

एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगाअन्तर्गत आइतबार एथ्लेटिक बिल्बाओसँग गोलरहित बराबरीमा रोकिएपछि लिगको शीर्षस्थानमा अंक बराबरी गर्नबाट चुकेको छ । सन् २०१९ को अन्तिम लिग खेलमा रियलले घरेलु मैदानमा गोल गर्नअभागी सावित भयो । रियलका तीन खेलाडीको प्रहार पोस्टमा लागेर फर्कंदा रियलले लगातार दोस्रो गोलरहित बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो । त्यसो त […]

34 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगाअन्तर्गत आइतबार एथ्लेटिक बिल्बाओसँग गोलरहित बराबरीमा रोकिएपछि लिगको शीर्षस्थानमा अंक बराबरी गर्नबाट चुकेको छ ।

सन् २०१९ को अन्तिम लिग खेलमा रियलले घरेलु मैदानमा गोल गर्नअभागी सावित भयो । रियलका तीन खेलाडीको प्रहार पोस्टमा लागेर फर्कंदा रियलले लगातार दोस्रो गोलरहित बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो । त्यसो त बिल्बाओले पनि पाएको अवसर सदुपयोग गर्न नसक्दा जितबाट बन्चित भएको बुझ्न सक्छ ।

रियलका प्रशिक्षक जिनेदिन जिदानले बुधबार एल क्लासिकोमा बराबरी खेलेको टोलीबाट निकै परिवर्तन गरेका थिए । एडर मिलिसाओले सेन्टर डिफेन्समा खेल्दा लुका मोड्रीच मिडफिल्डमा आएका थिए । आक्रमणमा ब्राजिलियन द्वय रोड्रीगो गोएस र भिनीसियस जुनियरले फ्रान्सेली फरवार्ड करीम बेन्जेमालाई साथ दिएका थिए ।

खेलको सुरुवाती समयमा नै भिनिसियसको प्रहार सफल भएन । लगत्तै क्रुसको प्रहार क्रसबारमा लागेर फर्केको थियो । बिल्बाओका इनाकी विलियम्सको प्रहारलाई गोलरक्षक थिबाउट कोर्टुवाले बचाए । ३० औं मिनेटमा बेन्जेमाको प्रहार उनाइ नुनेजले गोललाइनबाट क्लियर गर्दै खेल बराबरीमै राखे ।

दोस्रो हाफमा रियलले नाचो फर्नान्डेज र ग्यारेथ बेललाई मैदानमा उतार्यो । नाचोले दोस्रो हाफको सुरुवातमा नै गरेको हेडर क्रसबारमा लागेर फर्कियो । त्यसलगत्तै बेलको प्रहार गोलपोस्ट नजिकबाट बाहिरिन पुग्यो । वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका फरवार्ड लुका जोभिचको हेडर पनि पोस्टमा लागेर बाहिरीएपछि रियलले जित दर्ता गर्न सकेन ।

यससँगै रियलले पुन: एकपटक लिगको शीर्षस्थानमा रहेको बार्सिलोनासँग अंक बराबर गर्ने अवसर गुमाएको छ । बार्सिलोनाको १८ खेलमा ३९ अंक छ भने रियलको समान खेलमा ३७ अंक छ । तेस्रो स्थानको सेभिल्लाको ३४ र एटलेटिको म्याड्रिडको ३२ अंक रहेको छ ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.