default_image

4 years ago

December 26, 2019

खप्तड गोल्डकपमा १९ लाख बढी घाटा !

73 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद)– घरेलु फुटबलको सर्वाधिक पुरस्कार राशीको नकआउट प्रतियोगिता खप्तड गोल्ड कप फुटबल प्रतियोगितामा १९ लाख रुपैयाँ भन्दा बढी घाटा परेको आयोजक सुदूरपश्चिम ११ स्पोर्टस् क्लबले जनाएको छ ।

खप्तड गोल्डकपको चौथो संस्करणको आय व्यय विवरण सार्वजनिक गर्दै १९ लाख ३१ हजार रुपैयाँ घाटा भएको क्लबका महासचिव प्रकाश शाहीले बिहीबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ । खप्तडको विजेताले २१ लाख र दोस्रो हुने टोलीले ११ लाख रुपैयाँ पाउँछन् । गत वर्ष नेपाल पुलिस क्लबले उपाधि जित्दा रुस्लान थ्री स्टार क्लब उपविजेता बनेको थियो ।

पुरस्कारका लागि ३६ लाख रुपैयाँ खर्च भएको खप्तडमा कुल १ करोड १ लाख ६ हजार ६ सय ४५ रुपैयाँ खर्च भएको क्लबले जनाएको छ ।
गत वर्ष पुस २४ गते देखि माघ ५ गते सम्म भएको खप्तड गोल्ड कपमा ८१ लाख ७५ हजार ६ सय ४५ हजार रुपैयाँ आम्दानी भएको बताइएको छ ।

पुरस्कारतर्फ ३६ लाख खर्च भएको खप्तड गोल्डकपमा खेलाडी भत्ता तथा यातायातमा साढे ३६ लाख, अस्थायी प्यारापिट निर्माणमा ५ लाख, व्यानर छपाई र स्टेशनरीमा ५ लाख, उद्घाटन समापन तथा अतिथि सत्कारमा ४ लाख भन्दा बढी खर्च भएको बताइएको छ ।

त्यस्तै रेफ्री खर्चमा सवा ३ लाख, खेल मैदान मर्मत सम्भारमा २ लाख, विज्ञापन प्रचार प्रसारमा २ लाख ७५ हजार, डे«समा १ लाख, सुरक्षामा १ लाख ५० हजार, आयोजक टोलीको तयारीमा २ लाख ७५ हजार, स्थानीय यातायातमा १ लाख २५ हजार र विधिधमा गरेर एक करोड भन्दा बढी खर्च भएको क्लबले जनाएको छ ।

खप्तड गोल्ड कपका लागि मुख्य प्रायोजकबाट १२ लाख, टिकट विक्रीबाट १५ लाख, राखेपबाट ८ लाख, व्यानर प्रायोजबाट साढे ७ लाख, एभरेष्ट एकेडेमी अत्तरियाबाट ६ लाख, धनगढी उपमहानगरपालिकाबाट ५ लाख, जगदम्बा ईन्टरप्राईजेजबाट ४ लाख, गोदावरी नगरपालिकाबाट ३ लाख, स्वेता टेड्रिङ लिंकबाट १ लाख ८५ हजार आम्दानी भएको क्लबले विज्ञप्तीमा उल्लेख गरेको छ ।

त्यसैगरी एकेन्द्र कुँवरले २ लाख ५० हजार, निसर्ग अस्पताल, कैलाली अस्पताल, भागेश्वर ग्रुप, धनगढी उपमहानगरपालिका वडा नम्बर ३, आर के कन्ट्रक्सनले समान १ लाख रुपैयाँ खप्तड गोल्डकपलाई सहयोग गरेका थिए । व्यानर प्रायोजकबाट अझै ८ लाख ५० हजार रुपैयाँ संकलन हुन बाँकी रहेको क्लबले जनाएको छ ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.