default_image

4 years ago

December 28, 2019

सैनिक आवासियलाई ब्रिजवाटर कप फुटबल उपाधि

24 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– भक्तपुरको सैनिक आवासिय महाविद्यालयले ब्रिजवाटर कप उपत्यकाव्यापी अन्तरकलेज छात्र फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मध्यपुर युथ एसोसियसको खेलमैदानमा शनिबार भएको फाइनल साइपाल एकेडेमीलाई ३–० ले हराउँदै सैनिक आवासियले उपाधि जितेको हो । सैनिकका लागि विश्रान्त बस्नेतले २ र कप्तान पुकार भण्डारीले १ गोल गरेका थिए ।

विजेता टोलीले १ लाख र दोस्रो भएको टोलीले ५० हजार रुपैयाँ प्राप्त गरेको थियो । कौशलटारको आदर्श जनप्रेमी प्रतियोगिताको फेयर प्ले टोली र साइपालका सञ्जिव लामा उत्कृष्ट खेलाडी घोषित भयो । सैनिकका आशिष बस्नेत उत्कृष्ट गोलकिपर, विश्रान्त बस्नेत उत्कृष्ट रक्षक र कमल गुरुङ उत्कृष्ट मिडफिल्डर घोषित भए । ब्रिजवाटरका प्यारजंग राई उत्कृष्ट फरवार्ड र बाबुकाजी धौवन्जार उत्कृष्ट प्रशिक्षक घोषित भए ।

विजेता खेलाडीलाई युवा तथा खेलकुद मन्त्री जगगबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल, मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठ,मध्यपुर युथ एसोसिएसनका अध्यक्ष समेत रहेका अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष उपेन्द्रमान सिंह,ब्रिजवाटर कलेजका अध्यक्ष दीपक पाण्डेलगायतले विजेता, उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरे ।
सिनामंगलको ब्रिजवाटर इन्टरनेसनल कलेजले मध्यपुर युथ एसोसिएसनको सहकार्यमा प्रतियोगिता आयोजना गरेको थियो ।

May 13, 2024

क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइजले एएफसी प्रतियोगिता खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइज युनाइटेडले एएफसि प्रतियोगिता खेल्न बाटो खुलेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार घोषणा गरेसँगै गत सिजनको लिग विजेता चर्च ब्वाइजले महादेशीय प्रतियोगिता खेल्न योग्य भएको हो । एन्फाले सोमबार सार्वजनिक गरेअनुसार चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी फुटबल क्लबले आवश्यक मापदण्ड पूरा […]

May 13, 2024

च्याम्पियन पिएसजीको हार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) किलियन एमबाप्पेको गोलका बाबजुद पराजित भएको छ। फ्रान्सेली च्याम्पियन पिएसजी आइतबार टुलुजसँग ३-१ गोलले पराजित भएको हो । पिएसजी छोड्ने घोषणा गरिसकेका एमबाप्पेले खेलको आठौं मिनेटमा गोल गरेका थिए। तर टुलुजका थिज्स डलिङ्गाबाट १३ औं मिनेटमा बराबरी गोल फर्काए । यान गोबोहोको गोलबाट टुलुजले ६८ औं मिनेटमा अग्रता लिएको […]

May 12, 2024

आर्सनल पुनः प्रिमियर लिगको शीर्षस्थानमा

एजेन्सी – म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा पुनः उक्लिएको छ । युनाइटेडको घरेलु मैदानमा आइतबार भएको खेलमा आर्सनलले १-० को जित दर्ता गर्दै तालिकाको शीर्षस्थानमा उक्लिन सफल भएको हो । आर्सनलको जितमा लियान्द्रो ट्रोसार्डले २०औं मिनेटमा खेलको एकमात्र गोल गरे । काई हाभेर्ट्जको पासमा ट्रोसार्डले बक्स भित्रबाट गोल गरेका थिए । सोही […]

Success

Thank you for your time.