default_image

6 years ago

December 29, 2019

मनाङ शीर्षस्थानमा यथावत रहँदा २ टोलीले खाता खोल्न बाँकी

168 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– कतार एयरवेज सहिद स्मारक ए डिभजन लिगको तेस्रो चरणको समाप्तमिा मनाङ मस्र्याङ्दी क्लब अंकतालिको शीर्षस्थानमा यथावत रहँदा पुछारका दुई टोलीले अंकको खाता खोल्न सकेका छैनन् ।

सदावहार दाबेदारका रुपमा हेरिएका टोली र नयाँ शक्तिका रुपमा देखा परिरहको मछिन्द्र क्लबले तेस्रो चरणमा जित निकाल्दा च्यासल युथ क्लब एनआरटीसँग स्तब्ध भएको थियो । कप्तान सन्तोष साहुखलले एनआरटीविरुद्धको खेलमार्फत लिगमा आफ्नो व्यक्तिगत सयौं गोल गर्न सक्लान् वा नसक्लान् भने कौतुहलताका साथ हेरिएको खेलमा च्यासल उल्टै पराजित भएको थियो ।

त्यो खेलमा न च्यासल प्रभाव छाड्न सफल भयो र सन्तोषले गोल गर्ने अवसर जुर्यो । एउटा राम्रो मौका पाएर पनि उनी त्यसमा गोल गर्न असफल भए । इन्ज्युरी समयमा गोल फर्काएको च्यासललाई त्यसपछि खेलमा फर्कन ढिला भइसकेको थियो । सन्तोषलाई सयौं गोल गर्नेमा साथ दिनुपर्छ भन्ने सोचेर अन्य खेलाडीले बल उनलाई उपलब्ध गराएपछि त्यसको फाइदा उठाउन नसकेको , उल्टो त्यसले खेलमा केहि असर परेको च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले बताएका थिए ।

त्यसबाहेक तेस्रो चरणमा आइपुग्दा लिगको पूर्व विजेता नेपाल पुलिस क्लबले पहिलो जित हासिल गर्यो । साविक विजेता मनाङ र रुस्लान थ्री स्टार क्लबले साँघुरो अन्तरको जितलाई निरन्तरता दिए । मनाङले ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई र थ्री स्टारले नेपाल एपिएफ क्लबलाई समान १–० ले हराए ।

अर्को दाबेदारका रुपमा हेरिएको त्रिभुवन आर्मी पनि विजय लयमा फर्कियो । आर्मीले यति हिमालयन शेर्पाको चुनौतिलाई २–० ले पाखा लगायो । तेस्रो चरणको सबैभन्दा फराकिलो जितका रुपमा मछिन्द्रले फ्रेन्ड्स क्लबलाई ३–० ले हरायो । कमजोर सुरुवात गर्ने टोलीमध्ये सरस्वतीले पुलिससँगको खेल २–० ले गुमायो ।

अपराजित यात्रालाई जावलाखेलले कायम राख्यो । संकटा र जावलाखेलले १–१ को बराबरी खेलेका थिए । तेस्रो चरणमा बराबरीमा रोकिएको त्यो एउटै खेल थियो । संकटाले अग्रता जोगाउन नसक्दा जावलाखेलले भने तेस्रो खेलमा आइपुग्दा अपराजित यात्रा कायम राख्यो र खातामा ५ अंक पुर्यायो ।

मनाङ शीर्षस्थानमा रहँदा ७ अंकसहित थ्री स्टार दोस्रो स्थानमा छ । तेस्रो स्थानको मछिन्द्र र चौथो स्थानको आर्मीको समान ६ अंक छ । पाँचौं स्थानको जावलाखेलको ५ अंक नै छ । छैटौं स्थानको एनआरटी, सातौंको पुलिस, आठौंको च्यासल र नवौंको संकटाको समान ४ अंक छ । बिबिसीको ३, शेर्पाको २ र एपिएफको १ अंक छ । पुछारका दुई टोली फ्रेन्ड्स र सरस्वती अंक विहिन छन् ।

तेस्रो चरणको खेल अघि एन्फाले दर्शकका लागि भनेर घोषणा गरेको विशेष प्याकेजको प्रभाव खासै परेको देखिएन । तेस्रो चरणमा सबैभन्दा बढी झन्डै ९ सय दर्शकले दशरथ रंगशालामा शनिबार थ्री स्टार र एपिएफको खेल हेरेका थिए । रेलिगेसनसहितको लिग आयोजना हुँदा पनि लिगले दर्शक तान्न नसकेपछि एन्फाले विभिन्न अफर दिएर दर्शक तान्ने प्रयास गरेको थियो ।

पछिल्लो ७ खेललाई आधार मान्दा त्यो प्रभावकारी हुन सकेन । सोमबारदेखि सुरु हुने चौथो चरणका सबै ७ खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग –२०७६

पहिलो राउन्ड

मछिन्द्रविरुद्ध बीबीसी (२–०)

संकटाविरुद्ध च्यासल (०–२)

आर्मीविरुद्ध फ्रेन्ड्स (२–१)

सरस्वतीविरुद्ध एनआरटी (०–४)

पुलिसविरुद्ध शेर्पा (०–०)

थ्री स्टारविरुद्ध जावलाखेल (०–०)

एपीएफविरुद्ध मनाङ (०–२)

दोस्रो राउन्ड

च्यासलविरुद्ध मछिन्द्र (१–१)

बीबीसीविरुद्ध फ्रेन्ड्स (२–०)

सरस्वतीविरुद्ध जावलाखेल (०–१)

संकटाविरुद्ध एनआरटी (१–०)

एपीएफविरुद्ध शेर्पा (१–१)

आर्मीविरुद्ध मनाङ (०–१)

थ्री स्टारविरुद्ध पुलिस (१–०)

तेस्रो राउन्ड

मछिन्द्रविरुद्ध फ्रेन्ड्स (३–०)

च्यासलविरुद्ध एनआरटी (१–२)

बीबीसीविरुद्ध मनाङ (०–१)

संकटाविरुद्ध जावलाखेल (१–१)

आर्मीविरुद्ध शेर्पा (२–०)

सरस्वतीविरुद्ध पुलिस (०–२)

एपीएफविरुद्ध थ्री स्टार (०–१)

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.