default_image

4 years ago

December 30, 2019

फोर्लानको बिदाइ खेलमा सुआरेज गोलरक्षक

एजेन्सी – म्यानचेस्टर युनाइटेडका पूर्व फरवार्ड डिएगो फोर्लाने खेलाडीका रुपमा अन्तिम खेल खेलेका छन् । आफ्नै देशमा केहि पूर्व फुटबल स्टारहरुसँग खेल्दै फोर्लानले फुटबलबाट औपचारिक रुपमा विदाई लिएका छन् । एट्लेटिको म्याड्रिडका पूर्व स्टार समेत रहेका फोर्लानको भावपूर्ण विदाईमा विश्व फुटबल पूर्व स्टारहरु हुवान रोमान रिक्विल्मी र हुवान सेबास्टियन भेर्नोनले पनि मैदानमा उत्रेर साथ दिएका […]

47 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर युनाइटेडका पूर्व फरवार्ड डिएगो फोर्लाने खेलाडीका रुपमा अन्तिम खेल खेलेका छन् । आफ्नै देशमा केहि पूर्व फुटबल स्टारहरुसँग खेल्दै फोर्लानले फुटबलबाट औपचारिक रुपमा विदाई लिएका छन् । एट्लेटिको म्याड्रिडका पूर्व स्टार समेत रहेका फोर्लानको भावपूर्ण विदाईमा विश्व फुटबल पूर्व स्टारहरु हुवान रोमान रिक्विल्मी र हुवान सेबास्टियन भेर्नोनले पनि मैदानमा उत्रेर साथ दिएका थिए ।

उनका देशका फरवार्ड लुइस सुआरेज पनि उक्त खेलमा सहभागी थिए । बार्सिलोना र लिभरपुलका लागि फरवार्डका भूमिका निर्वाह गरेका स्वारेज त्यो खेलमा भने फरक भूमिकामा देखिए । उनले गोलरक्षकको जिम्मेवारी सम्हालेका थिए । स्पेनिस गल्फर सर्जियो गार्सियाले पनि मैदान उर्तेर फोर्लानको विदाईलाई यादगार बनाएका थिए । इन्टर मिलानमा फोर्लानसँग लामो समय सहकार्य गरेका जेभियर जानिटिक पनि उक्त खेलमा डिएगो मिलेटो, स्टेबन काम्बियासो पनि मैदानमा उत्रेका थिए ।

फोर्लानको विपक्षी टोलीबाट उरुग्वेका पूर्व खेलाडी सेबास्टियन एब्रियू, पूर्व कप्तान डिएगो लुगानो पनि मैदानमा उत्रेका थिए । फोर्लानले भने आफ्ना नजिकका साथी र पूर्व सहकर्मीलाई आफ्नो टोलीमा समेटेका थिए । उनको विदाईमा आयोजित विदाई र सांगितिक कार्यक्रअघि उनले विदाईलाई यादगार बनाउने क्रममा गोल पनि गरेका थिए ।

४० वर्षे फरवार्ड अब नयाँ भूमिकाको तयारीमा रहेका छन् । अब उनी उरुग्वेको टोली पेनारोलको प्रशिक्षकका रुपमा फुटबलमा फर्कनेछन् । मोन्टेभिडियोको टोलीबाट उनले युवा खेलाडीका रुपमा खेल जीवन अघि बढाएका थिए । त्यसपछि उनले सन् २०१५-१६ मा सोही क्लबका फर्केका थिए । अब त्यहि टोलीलाई प्रशिक्षण गर्ने मौका पाउनुलाई उनले सपना पुरा भएका रुपमा ब्याख्या गरेका छन् ।

‘खेलाडी रुपमा आफुले खेल जीवन सुरु गरेको पेनारोलाई अहिले प्रशिक्षकका रुपमा फर्कन पाउनु मेरो लागि सपना पुरा भए बराबर हो,’ उनले भने, ‘मैले यहाँ खेलेको मात्र होइन, यसलाई नजिकबाट महसुस गरेको छु । विश्लेषण गरेको छु र सबै देखेको छु ।’२१ वर्षे खेल जीवन उनको उत्कृष्ट रह्यो । उनले खेल जीवनमा थ्रुपै उपाधि जिते । युनाइटेडका लागि प्रिमियर लिग र एफए कप जित्नु अघि उनले एट्लेटिकोबाट युरोपा लिग र सुपर कप जितेका थिए ।

२०११ मा उरुग्वेका लागि कोपा अमेरिका जिताउँदा महत्वपूर्ण भूमिका निर्वाह गरेका उनले २०१० मा दक्षिण अफ्रिकामा भएको विश्व कपमा सर्वाधिक गोल गरेका थिए । जहाँ उनको टोली सेमिफाइन पुगेको थियो ।

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

Success

Thank you for your time.