default_image

4 years ago

December 29, 2019

धरान र कनकाई उपाधिका लागि भिड्ने

बिर्तामोड (हाम्रो खेलकुद) – दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको कनकाई महिला फुटबल टोली प्रदेशस्तरीय महिला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । जितसँगै कनकाईले कम्तिमा ५१ हजार १ सय ११ रुपैयाँ सुरक्षित गरेको छ । आइतबार बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा भएको दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा आयोजक बिर्तामोड फुटबल क्लबलाई २–० ले हराउँदै कनकाई […]

18 views

0 Bookmark

बिर्तामोड (हाम्रो खेलकुद) – दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको कनकाई महिला फुटबल टोली प्रदेशस्तरीय महिला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । जितसँगै कनकाईले कम्तिमा ५१ हजार १ सय ११ रुपैयाँ सुरक्षित गरेको छ ।

आइतबार बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा भएको दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा आयोजक बिर्तामोड फुटबल क्लबलाई २–० ले हराउँदै कनकाई फाइनलमा पुगेको हो । दोस्रो हाफको १५ र २४ औँ मिनेटमा कनकाईकी सरिता शेर्पाले गोल गर्दै टोलीलाई अन्तिम दुईको यात्रा तय गराइन् ।

सरिता नै खेलको वुमन्स अफ दि म्याच चुनिइन् । उनलाई झापा फुटबल क्लबका अध्यक्ष तथा झापा गोल्डकपका महासचिव गजेन्द्र पौडेलले १ हजार ५ सय रुपैयाँ प्रदान गरे । कनकाईले पुस १५ गते तमु ल्होसारका दिन कनकाईले धरान महिला फुटबल टिमसँग फाइनल खेल खेल्नेछ । धरानले इलामलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो ।

‘तमू ल्होसार गोल्डकप–२०७६’ प्रतियोगिताको विजेताले १ लाख १ हजार १ सय ११ रुपैया प्राप्त गर्ने आयोजक बिर्तामोड फुटबल क्लबका अध्यक्ष डिके गुरुङले जानकारी दिए । फाइनल प्रतिस्पर्धा अगाडि तमु समुदायको विशेष सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

Success

Thank you for your time.