6 years ago
January 1, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (बुधबार) चौथो चरणको खेल अन्तरगतको तेस्रो दिन दुई खेल हुँदैछन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार पहिलो खेलमा गतवर्षको उपविजेता संकटा क्लब र विभागीय नेपाल पुलिस क्लब तथा दोस्रो खेलमा विभागीय त्रिभुवन आर्मी क्लब र रुस्लान थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ११ः३० बजे र दिउँसो ३ बजेपछि हुनेछ । गत सिजनको उपविजेता संकटा र विभागीय टोली नेपाल पुलिस क्लब लिगमा दोस्रो जितको खोजीमा मैदान उत्रनेछन् ।
दुवै टोलीले लिगको तेस्रो चरणको खेल सकिँदा समान १ जित, बराबरी र हारको नतिजा निकाल्दै समान ४ अंक नै जोडेका छन् । त्यसैले यि दुई टोलीबीचको खेलमा रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । लिगको सुरुवाती खेलमा च्यासल युथ क्लबसँग २–० ले पराजित भएको संकटा दोस्रो खेलमा एनआरटीलाई १–० ले हराएको थियो । तेस्रो खेलमा भने संकटा जावलाखेलसँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।

राष्ट्रिय टोलीका दुई सदस्य र केही विदेशी खेलाडीसहित सन्तुलित टोली संकटा पुलिसलाई पराजित गर्दै अंक तालिका सुधार्ने प्रयासमा हुनेछ । संकटा गतवर्ष जस्तै पुलिसलाई पराजित गर्ने लक्ष्यमा हुनेछ । संकटाले गत वर्ष पुलिसलाई २–१ ले हराएको थियो । सोही जितलाई संकटा निरन्तरता दिने लक्ष्यमा मैदानमा उत्रनेछ ।
यता, लिगमा औसतको प्रदर्शन गरिरहेको पुलिस जितको लय समात्दै गत सिजनको हारको बदला लिने दाउमा मैदानमा उत्रनेछ । पुलिस पहिलो खेलमै हिमालयन शेर्पा क्लबसँग गोलरहित बराबरीमा रोकिँदा दोस्रो खेलमा रुस्लान थ्री स्टारसँग १–० ले पराजित भयो । तेस्रो खेलमा सरस्वतीमाथि २–० को जित निकालेको थियो । राष्ट्रिय टिमका पुर्व लेफ्ट ब्याक डिफेन्डर रविन श्रेष्ठको आगमनसँगै पुलिसले राम्रो खेल पस्किरहेको छ । राष्ट्रिय टिमका तीन खेलाडी अजित भण्डारी, तेज तामाङ र रवि पासवानको साथ पाएको पुलिसले लिगमा भने सोचे अनुरुपको प्रदर्शन गर्न सकिरहेको छैन ।

आर्मी र थ्री स्टार खेल्दै
लिगको चौथौ चरणको सबैभन्दा रोमाञ्चक खेलमा आज उपाधिका दुई दावेदार विभागीय त्रिभुवन आर्मी क्लब र रुस्लान थ्री स्टारबीच प्रतिस्पर्धा हुदैछ । पक्कै पनि यि दुई टोलीबीचको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । उपाधि दावेदारितालाई जीवन्त बनाउन यि दुई टोलीलाई स्पष्ट ३ अंकको खाँचो छ । त्यसैले दुवै टोली स्पष्ट ३ अंक जोड्ने लक्ष्यमा मैदानमा उत्रनेछ । आर्मीलाई पराजित गर्न सके चौथो स्थानमा रहेको थ्री स्टार दोस्रो स्थानमा उक्लन सक्नेछ ।
अपराजित रहेको थ्री स्टारमा गोल स्कोरिङमै समस्या छ । गोल निकाल्न सफल भए थ्री स्टारले आर्मीलाई पराजित गर्न सक्नेछ । तेस्रो चरणको खेल सकिँदा गोलरक्षक प्रिसोले लगातार क्लिनसिट राख्न सफल भएका छन् । डिफेन्समा पनि थ्री स्टार राम्रै देखिएको छ । तर, दोहोरो पहेँलो कार्डका कारण कप्तान विक्रम लामा आर्मीविरुद्धको खेलमा उपलब्ध हुने छैनन् । उनको अभाव टोलीलाई खड्कन सक्नेछ । उनको स्थानमा जीवन गुरुङले खेल्ने सम्भावना रहेको छ । अघिल्लो खेल गुमाएका उपकप्तान रुपेश केसीले टिमको कप्तानी सम्हाल्ने सम्भावना छ । थ्री स्टारको ७ अंक छ ।

उपाधि दावेदारितालाई बलियो बनाउन आर्मीलाई थ्री स्टारविरुद्धको खेलमा जित निकाल्नु आवश्यक छ । पहिलो पहिलो खेलमा फ्रेन्ड्सलाई हराएको आर्मी दोस्रो खेलमा मनाङसँग १–० ले पराजित भएको थियो । हिमालयन शेर्पालाई २–० ले पराजित गरेको थियो । प्रतिबन्धमा रहेका मिडफिल्डर सन्तोष तामाङले यही खेलबाट पूनरागमन गर्दा अर्का मिडफिल्डर दिनेश हेन्जन दोहोरो पहेँलो कार्डका गुमाउनेछन् । आर्मीका प्रशिक्षक नवीन न्यौपानले सन्तोषको आगमनसँगै टोलीको मिडफिल्ड बलियो हुने बताएका थिए ।
दुई जित र एक बराबर खेलेको तेस्रो स्थानको थ्री स्टारको ७ अंक रहेको छ । आर्मी दुई जित र एक हार ब्यहोरेको पाँचौ स्थानको आर्मीको ६ अंक रहेको छ ।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]