6 years ago
January 2, 2020
काठमाडौं (हाम्रो खेलकुद)– गत महिना सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) को फुटबलका स्वर्ण पदक विजेता टोलीका कप्तान सुजल श्रेष्ठको गृह जिल्ला धनकुटा भव्य स्वागत भएको छ । सुजल र कास्य पदक विजेता उसुका चित्र सिंह ठकुरीलाई बिहीबार धनकुटा नगरपालिकाले नगद सहित सम्मान गरेको छ ।
सुजललाई १ लाख र चित्रलाई ५० हजार रुपैयाँसहित सम्मान गरिएको हो । धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ, प्रमुख जिल्ला अधिकारी कृष्ण्बहादुर घिमिरेलगायतले सुजल र चित्रलाई सम्मान गरिएको थियो । पदक विजेता खेलाडीलाई नगरपरिक्रममा पनि गराइएको थियो ।
सुजल धनकुटा वडा ७ नम्बर र चित्र वडा नं ३ का स्थायी बासिन्दा हुन् । सुजलले आफ्नो ठाँउमा हुने सम्मानको बेग्लै अर्थ हुने बताए ।
‘सम्मान पाउँदा खुसी त यसै पनि लाग्छ । त्यसबाहेक आफ्नो ठाँउको माहोल भनेको बेग्लै हुन्छ । आमाबुबाको साथमा सम्मान थाप्न पाए,’ उनले भने,‘ आफ्नो ठाँउमा अधिकांशलाई चिनिन्छ । र अर्को महत्वपूर्ण भनेको यस्तो सम्मानले नयाँ पुस्ताको भाईबहिनीलाई प्रोत्साहन र हौसला मिल्छ । आफु पनि कुनै न कुनै क्षेत्रमा राम्रो गरौं भन्ने प्रेरणा मिल्छ । ’
सुजलले एक वर्ष भन्दा पछि घर आउँदा त्यसै पनि खुसी लागेको बताए । सन् २०१६ एएफसी सोलिडारिटी कप जितेपछि सुजल र राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङलाई धनकुटा जिल्ला फुटबल संघले सम्मान गरेको थियो ।
सुजलको कप्तानीमा रहेको नेपाली टोलीले भुटान २५ गते भुटानलाई २–१ ले हराउँदै नेपाल लगातार दोस्रो पटक सागमा स्वर्ण पदक जितेको थियो । लामो समय मनाङ मस्र्याङ्दी क्लबमा रहेर घरेलु फुटबल खेलेका सुजल यो सिजन मछिन्द्र क्लबमा आबद्ध भएका थिए ।
सागका दौरान घाइते भएका सुजल विस्तारै फिट भइरहेको बताएका छन् । सुरुवाती ३ खेल गुमाएका सुजलले पछिल्लो खेल भने खेलेका थिए । उनले मनाङविरुद्ध शनिबार हुने खेलका शुक्रबार काठमाडौं फर्कने बताए ।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]