default_image

4 years ago

January 4, 2020

कप्तान केन आठ साता मैदान बाहिर

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हस्टपर तथा इंग्ल्यान्डका कप्तान ह्यारी केन आठ साता मैदान बाहिर रहने भएका छन् । ह्यामस्ट्रिङ इन्ज्युरीका कारण कप्तान केन आठ साता मैदान बाहिर रहने भएको क्लबले पक्का गरेको छ ।  केनले नयाँ वर्षको दिन साउथह्याम्पटनसँग १–० ले पराजित भएको खेलमा चोट बोक्न पुगेको थिए । खेलको ६५औं मिनेटमा केन चोट […]

28 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हस्टपर तथा इंग्ल्यान्डका कप्तान ह्यारी केन आठ साता मैदान बाहिर रहने भएका छन् । ह्यामस्ट्रिङ इन्ज्युरीका कारण कप्तान केन आठ साता मैदान बाहिर रहने भएको क्लबले पक्का गरेको छ । 

केनले नयाँ वर्षको दिन साउथह्याम्पटनसँग १–० ले पराजित भएको खेलमा चोट बोक्न पुगेको थिए । खेलको ६५औं मिनेटमा केन चोट बोक्दै मैदानबाट बाहिरिए । केनको बिहीबारको प्रारम्भिक परीक्षणबाट तीन साता आराम गर्नुपर्ने उल्लेख गरिपनि शुक्रबार विस्तृत परीक्षणपछि उनी कम्तीमा पनि आठ साता बाहिर रहने पक्का भएको क्लबले उल्लेख गरेको छ ।

चोटसँगै केनले आठ साताको अवधिका च्याम्पियन्स लिगसँगै महत्वपुर्ण खेलहरु गुमाउनेछन् । केनले मिडल्सवर्गसँगको एफए कप, प्रिमियर लिगमा लिभरपुल, वाटफोर्ड र नर्विच सिटी, म्यानचेस्टर सिटी, चेल्सी, वाटफोर्ड र बर्नलीविरुद्धको खेल गुमाउन सक्नेछन् । १६ फ्रेब्रुअरीमा घरेलु मैदानमा हुने आरबी लेइपजिगसँगको पहिलो लेगको खेल गुमाउनेछन् । ११ मार्चमा हुने दोस्रो लेगको लागि तयार हुन सक्ने क्लबले जनाएको छ ।

केन आठ मैदान बाहिर रहने पक्का भएसँगै प्रिमियर लिगमा चौथो स्थानको चेल्सी पछ्याइरहेको टोटेनहमलाई झनै समस्या हुन सक्नेछ । केनको विकल्पमा प्रशिक्षक मौउरिन्होलाई खेलाडी छनोटमा पनि समस्या हुन सक्नेछ ।

केनको विकल्पमा ह्युङ मिन सन, लुकास मौउरा र ट्रोए पारोटलाई प्रशिक्षक मौउरिन्होले विकल्पको रुपमा अघि सार्न सक्नेछन् । टोटेनहम लिगमा ३० अंक जोडेर छैंटौ स्थानमा रहेको छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.