default_image

5 years ago

January 5, 2020

क्विक्स कप – दुर्गा माविको फराकिलो जित

48 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– क्विक्स कप अन्तरविद्यालय छात्रा फुटबल प्रतियोगिताको पहिलो दिन आइतबार त्रिवेणी मावि, दुर्गा मावि र ज्वालामुखी विजयी भएका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा त्रिवेणीले नेपालय इपिएसलाई ५–१ ले हरायो । त्रिजा तामाङले ह्याट्रिक गरेको खेलमा विजयी टोलीका लागि सजना राई र निशा थुलुङले गोल गरेका थिए । पराजित टोलीका लागि जानकी लामिछानेले गोल फर्काइन् ।

अर्को खेलमा दुर्गाले मंगलदिप बोडिङ स्कुलाई २१–० को फराकिलो अन्तरले पराजित गरेको थियो ।
त्यस्तै तेस्रो खेलमा ज्वालामुखीले छहारी सैनिक सदनलाई २–० ले हराएको थियो । ज्वालामुखीका लागि क्रितिका राई र सविना लिम्बुले गोल गरेकी थिइन् ।

प्रदेशबाट छनोट भइआएका विद्यालयले अन्तिम चरणमा राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरेका हुन् । छात्रतर्फको भने यसअघि नै सम्पन्न भइसकेको छ ।

December 11, 2024

च्याम्पियनसिप लिगमा लिभरपुल र रियलको जित

एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]

December 10, 2024

आहा! रारा पोखरा गोल्ड कपको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने

पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबको आयोजनामा हुने २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । पोखरा रंगशालामा माघ २२ गतेदेखि फागुन ३ गते सम्म आहा रारा पोखरा गोल्ड कपको‌ प्रत्यक्ष प्रसारणका लागि सहारा र खेलकुदको अनलाइन पोर्टल हाम्रो खेलकुदबीच सम्झौता भएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले […]

December 10, 2024

एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारी र सुपर लिग खेल्ने ५ टोलीका प्रतिनिधिबीच मंगलवार भएको संयुक्त बैठकले पुस १८ देखि माघ १६ गतेसम्म सुपर लिग गर्ने निर्णय भएको एन्फाले जनाएको छ। यसअघि भएको महिला लिगको शीर्ष ५ रहेका मध्ये पाँचौं स्थानमा रहेको […]

Success

Thank you for your time.