default_image

6 years ago

January 8, 2020

रुस्लान थ्री स्टारको जितले लिग थप रोचक

178 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लब पुनः विजयी लयमा फर्केपछि कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा रोमाञ्चकता थपिएको छ । दशरथ रंगशालामा महत्वपूर्ण जित हासिल गर्ने क्रममा बुधबार थ्री स्टारले अर्को ललितपुरे टोली ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई ३–१ ले हराएको छ । ५ खेलमा थ्री स्टारको खातामा १० अंक पुगेको छ । शीर्षस्थानको मनाङको ११ र मछिन्द्रको १० अंक छ ।

उपाधि दाबेदारका रुपमा हेरिएका मनाङ मस्र्याङ्दी क्लब र मछिन्द्र क्लबले २–२ को बराबरी खेलेको दोस्रो दिन थ्री स्टारले निकाल्दै उपाधि दौडलाई रोचक बनाएको छ । बराबरीका साथ लिगको सुरुवात गरेको थ्री स्टारले त्यसपछिका दुई खेल लगातार जितेको थियो । यसअघिको खेलमा भने टोली त्रिभुवन आर्मी क्बलसँग २–० ले स्तब्ध भएको थियो ।

थ्री स्टारको जितमा सुसान श्रेष्ठ, अनन्त तामाङ र हम्जातले गोल गरेका थिए । १४ औं मिनेटमा सुसानको गोलमा थ्री स्टारले अग्रता लिएको थियो । अशोक खवासको पासमा सुसानले सिक्स यार्ड बक्स भित्रबाट सहज गोल गरेका थिए । ४१ औं मिनेटमा अनन्तले गोल थपे । मिक्छेन तामाङको कर्नरमा अनन्तले हेडमार्फत गोल गरेका थिए ।

दोस्रो हाफ सुरु भएको केहि मिनेटमै थ्री स्टारले अर्को गोल थपेको थियो । ५८ औं मिनेटमा हम्जातले गोल गरेपछि थ्री स्टारको अग्रता ३–० बनेको थियो । गोलरक्षक अघि बढेको अवस्थामा हम्जातको चिप गमेलमा परिणत भएको थियो ।

त्यसबाहेक पनि थ्री स्टारले खेलमा थप गोलको अवसर पाएको थियो । आठौ मिनेटमा थ्री स्टारका मिक्छेनको कर्नरमा दिपेश घलेले उपलब्ध गराएको क्रसमा कप्तान विक्रम लामाको हेडर पोष्ट नजिकबाट बाहिरियो । लगत्तै नवौं मिनेटमा सुसानले गोलरक्षक अघि बढेको अवस्थामा वान भर्सेस वानमा गोलरक्षक विशाल सुनारलाई बिट गर्दै गरेको चिप प्रहारलाई बीबीसीका डिफेन्डर मनोज राईले गोललाईनबाट बचाउदा थ्री स्टार अग्रता लिनबाट चुक्यो ।

२८औं मिनेटमा दिपेशले गोल गर्ने सुन्दर मौका गुमाए । हम्जातको पासलाई नियन्त्रणमा लिदै गरेको प्रहारलाई गोलरक्षक विशालले बचाएपनि दोस्रो प्रयास आकासियो । २९औं मिनेटमा पदम भट्टराईको प्रहार पोस्टबाट थोरै बाहिरिदा बिबिसी बराबरीबाट चुक्यो ।

५०औं मिनेटमा हम्जातले गोल गर्ने मौका खेल फाले । उनको प्रहार गोलरक्षकले बचाए । रिवाउन्डमा सुसानको प्रहार बचाए । लगत्तै सुसानको फितलो प्रहार गोलरक्षकले सहजै बचाए । ६६औं मिनेटमा बीबीसी १० खेलाडीमा समेटियो । बिबिसीका दिपक राज सिंहले थ्री स्टारका अशोक खवासलाई फल गरेपछि सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए ।

७२औं मिनेटमा रोशन थापामगरको प्रहारलाई थ्री स्टारका गोलरक्षक प्रिसोले सहजै बचाए । ७७ औं मिनेटमा उत्तम गुरुङको प्रहारलाई गोलरक्षक प्रिसोले सहजै बचाए । ८१ औं मिनेटमा विजय भुजेल चुके । लगत्तै सुशील राईको प्रहार दोस्रो बारबाट थोरै बाहिरियो ।

८७औं मिनेटमा शिव सुवेदीको क्रसमा सुशील राईले मिलाईदिएको पासमा मिक्छेन को प्रहार पोस्ट बाहिरियो । ८९औं मिनेटमा बीबीसीका रोशन रानामगरले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए । पहिलो खेलमा प्रभु बैंक जावलाखेल सँग गोलरहित बराबरीमा रोकिएको थ्र्रीस्टारले त्यसपछि नेपाल पुलिस क्लब र एपिएफालई समान १–० ले हराएको थियो ।

बिबिसीले भने अघिल्ला ४ मध्ये २ खेलमा जित निकालेको थियो । हिमालयन शेर्पालाई १–० ले हराएको बिबिसीले फ्रेन्ड्सलाई २–० ले पराजित गरेको थियो । बिबिसी मछिन्द्रसँग २–० र मनाङसँग १–० ले पराजित भएको थियो ।

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.