6 years ago
January 8, 2020
काठमाडौं (हाम्रो खेलकुद)– च्यासल युथ क्लबका कप्तान सन्तोष साहुखलले लिगमा एक सय गोल पुरा गरेको कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबारको खेलमा टोलीले बराबर खेलेको छ । २ पटक सम्म खेलमा पछि परेर पनि च्यासल नेपाल पुलिस क्लबसँग २–२ को बराबरी खेल्न सफल भएको थियो ।
पहिलो हाफमा पुलिसले लिएको २–१ ले लिएको अग्रतालाई दोस्रो हाफमा जोगाउन सकेन । दोस्रो हाफको चौथो मिनेटमा सन्तोषले बराबरी गोल फर्काएका थिए । हेमन्त थापा मगरले दिएको क्रसमा हुलमुलका बीचबाट सन्तोषले गोल गरेका थिए ।
त्यसअघि दशरथ रंगशालामा निरकुमार राईको गोलबाट पुलिसले खेलको पाँचौं मिनेटमा अग्रता लिएको थियो । विपक्षी रक्षकहरु अलर्ट नभएको अवस्थामा पेनाल्टी बक्समा प्राप्त बलमा नीरकुमारले गोल गरेका थिए । तर, १८ औं मिनेटमा कप्तान सन्तोषले बराबरी गोल गर्दै च्यासललाई खेलमा फर्काएका थिए । त्यो उनको एतिहासिक गोल थियो । लिगमा त्यो उनको सयौं गोल थियो । लिगमा एक सय गोल पुरा गर्ने उनी पहिलो नेपाली खेलाडी हुन् ।
तर पहिलो हाफको अन्त्यमा पुलिसले सुमन लामाको गोलबाट पुन अग्रता लिएको थियो । सुमनले ४० औं मिनेटमा गोल गरेका थिए । दोस्रो हाफमा सन्तोषले ह्याट्रिक पुरा गर्ने केहि अवसर पाए पनि सफल हुन सकेनन् । उनले डेढ दशक लामो खेल जीवनमा सय गोल पुरा गरेका हुन् । जारी लिगको सुरुवाती दुई खेलमा ३ गोल गरेका सन्तोषले पछिल्लो दुई खेलमा भने गोल गर्न सकेका थिएनन् ।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]