default_image

4 years ago

January 10, 2020

किरण सम्मिलित पन्जाबको आई लिगमा अर्को बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका कप्तान एवंम् गोलकिपर किरण चेम्जोङ सम्मलित पन्जाब एफसीले आई लिगमा अर्को बराबरी खेलेको छ । शुक्रबार भएको अवे खेलमा पन्जाबले रियल काश्मिरसँग १–१ को बराबरी खेलेको छ । खेलमा लिएको अग्रता जोगाउन नसक्दा पन्जाबले अंक बाढ्नु परेको हो । माकन कोटेको गोलमा पन्जाबले २१ औं मिनेटमा अग्रता लिएको थियो […]

31 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका कप्तान एवंम् गोलकिपर किरण चेम्जोङ सम्मलित पन्जाब एफसीले आई लिगमा अर्को बराबरी खेलेको छ । शुक्रबार भएको अवे खेलमा पन्जाबले रियल काश्मिरसँग १–१ को बराबरी खेलेको छ ।

खेलमा लिएको अग्रता जोगाउन नसक्दा पन्जाबले अंक बाढ्नु परेको हो । माकन कोटेको गोलमा पन्जाबले २१ औं मिनेटमा अग्रता लिएको थियो । तर, जिनोहेरे क्रिजोले ६१ औं मिनेटमा बराबरी गोल गरेका थिए । किरणले शुक्रबार पुरा समय खेलेका थिए ।

पन्जाबले गत साता टिडिम रोड एथलेटिक युनियनसँग गोलरहित बराबरी गरेको हो । ७ खेलमा पन्जाबको यो चौथो बराबरी हो । अहिले सम्म २ खेल जितेको पन्जाबले १ खेल गुमाएको थियो । टोली १० अंकसहित तेस्रो स्थानमा छ ।

६ खेलमा १३ अंकका साथ मोहन बगान शीर्षस्थानमा रहेको छ भने ५ खेलमा १० अंक जोडेको चर्चिल ब्रदर्श एफसी दोस्रो स्थानमा छ । पन्जाबले मोहन बगानको भन्दा १ र चर्चिलको भन्दा २ खेल बढी खेलेको छ । काश्मिरको ५ खेलमा ६ अंक छ भने टोली आठौं स्थानमा छ ।

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

Success

Thank you for your time.