काठमाडौं (हाम्रो खेलकुद)– दुर्गा मावि र जन ज्योति पब्लिक स्कुल क्विक्स कप अन्तरविद्यालय छात्रा फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् ।
सातदोाबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सेमिफाइनलमा विजयी हुँदै दुर्गा र जन ज्योतिले एकअर्कासँगको भेट पक्का गरेका हुन् ।
दुर्गा माविले महादेव माविलाई ३–० ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेको थियो । त्यस्तै अर्को सेमिफाइनलमा जन ज्योतिले ज्वालामुखी माविलाई हराएको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार फाइनल आइतबार एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ । एन्फाको आयोजना तथा चौधरी ग्रुपको उत्पादन क्विक्सको प्रायोजनामा प्रतियोगिता सञ्चालन भइरहेको छ । ७ प्रदेशबाट छनोट भई आएका विद्यालयले अन्तिम चरणमा प्रतिस्पर्धा गरेका हुन् । छात्रतर्फको फाइनल चरण भने यसअघि नै सम्पन्न भइसकेको छ ।