default_image

6 years ago

January 11, 2020

जावलाखेलविरुद्ध मछिन्द्रको अग्रता

117 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– सानमिगेल मछिन्द्र क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा शनिबार प्रभु बैंक जावलाखेल क्लबविरुद्धको पहिलो हाफमा १–० को अग्रता लिएको छ ।

दशरथ रंगशालामा विशाल राईको गोलबाट मछिन्द्रले ३१ औं मिनेटमा खेलमा अग्रता लिएको हो । टोलीले थप गोलको अवसर पाए पनि सफल भने भए । १५ औं मिनेटमा मछिन्द्रका रन्जित धिमालको फ्रिकिक बाहिरियो । ४० औं मिनेटमा रेजिन सुब्बाको प्रहार पोष्ट नजिकबाट बाहििरयो । ४३ औं रेजिनले गरेको गोललाई रेफ्रीले अफसाइड लिए । जावलाखेलका लागि २४ औं मिनेटमा हरि कठायतको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले रोके ।

पाँच चरणको समाप्ती सम्म आइपुग्दा मछिन्द्र र जावलाखेल अपराजित रहेका छन् । लिग जित्ने योजना बनाएको मछिन्द्रलाई उपाधि जित्ने सम्भवना जीवितै राख्न जावलाखेललाई पराजित गर्ने दाउमा हुनेछ । मछिन्द्रले ३ जित र २ बराबरीको नतिजासहित १० अंक जोडेर तेस्रो स्थानमा छ । गत सिजन अंक तालिकाको पुछारबाट दोस्रोमा रहेको मछिन्द्रको यो सिजन एक अंक घटाइएको छ ।

गत सोमबार मनाङविरुद्वको खेल सकिए लगत्तै विवादमा उत्रिएका स्ट्राइकर दीपक राई, डिफेन्डर देवेन्द्र तामाङ र विजय धिमाललाई कारबाहीमा छन् । तीनै खेलाडीले लिगको दुई खेल गुमाउनेछन् । जावलाखेल तीन मुख्य खेलाडी प्रतिबन्धमा रहेको फाइदा उठाउदै मछिन्द्रलाई स्तब्ध पार्ने लक्ष्यमा हुनेछ । लिगमा अपराजित रहेको जावलाखेल २ जित र ३ बराबरीको नतिजासहित ९ जोडेर पाचौं स्थानमा छ ।

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.