default_image

5 years ago

January 12, 2020

इब्राहिमोभिच चम्कँदा मिलान विजयी

88 views

0 Bookmark

एजेन्सी – भेट्रान फरवार्ड ज्लाटन इभ्राहिमोभिचको गोल मद्धतमा एसी मिलानले इटालियन सिरी ‘ए’ मा सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा मिलानले काग्लियारीलाई २–० ले पराजित गरेको हो ।

मिलानको जितमा राफाइल लीओ र ज्लाटन इब्राहिमोविचले गोल गरे । खेलको ४६औं मिनेटमा राफाइलले गोल गर्दै मिलानलाई सुरुवाती अग्रता दिलाए । ६४ औं मिनेटमा इब्राहिमोवभचले गोल गर्दै मिलानलाई २–० को जित दिलाए । यसै सिजन मिलानमा आएका इब्राहिमोभिचले मिलानका लागि दुई खेल खेल्दै पहिलो गोल गर्न सफल भएका हुन् ।

यससँगै ३८ वर्षे स्वीडेनका इभ्राहिमोभिचले २१ वर्षे व्यवसायिक खेल दौरानमा ४७५ गोल गर्न सफल भए । उनले १९९९ अक्टोवरमा माल्मोबाट खेल्दै भस्त्र फ्लोरुन्डाविरुद्ध गोल गरेका थिए । उनले ९ विभिन्न क्लबबाट आफ्नो खेल कौसल देखाइसकेका छन् ।

माल्मोबाट व्यवसायिक खेल करियर शुरु गरेका इभ्राहिमोभिचले आयाक्स, युभेन्टस, इन्टर मिलान, बार्सिलोना, एसी मिलान, पीएसजी, म्यानचेस्टर युनाइटेड र एलए ग्यालेक्सीबाट खेलिसकेका छन् । उनी यसै विन्टरमा मिलानमा ६ महिनाका लागि अनुबन्धित भएका थिए ।जितसँगै मिलानले १९ खेलबाट २५ अंक जोडेर आठौ स्थानमा उक्लिएको छ ।  २९ अंक जोडेको काग्लियारी छैटौं स्थानमा छ ।

सिरी ‘ए कै अर्काे खेलमा इन्टर मिलान एटलान्टासँग १–१ गोलको बराबरीमा रोकिएको छ । इन्टरका लाउटारो मार्टिनेजले तथा एटलान्टाका रोविन गोसेन्सले गोल गरे ।

बराबरीपछि इन्टरले शीर्ष स्थानमा युभेन्टसविरुद्ध एक अंकको अग्रता बनाएको छ । इन्टरको १९ खेलबाट ४६ अंक छ । एक खेल कम खेलको युभेन्टसको ४५ अंक छ । एटलान्टा ३५ अंकसहित पाँचौ स्थानमा छ ।

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

December 12, 2024

फुटबलर अमिशा र गीता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]

December 12, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]

Success

Thank you for your time.