default_image

4 years ago

January 18, 2020

फेरिएको मनाङ र थ्री स्टार भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – मनाङ–मर्स्याङ्दी क्लब र रुस्लान थ्री स्टार क्लबबीचको खेललाई नेपाली फुटबलमा सधैं विशेष महत्त्वका साथ् हेरिन्छ । सधैं लिग उपाधिको होडमा रहने यी दुईको नतिजाले यस सिजन पनि शीर्ष तालिकामा निकै प्रभाव पार्नेछ । मैदानभित्र यि दुई टोलीबीच जति रस्साकस्सी हुन्छ । मैदान बाहिर पनि उत्तिकै रस्साकस्सी हुने गर्दछ । अर्थात यि […]

45 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मनाङ–मर्स्याङ्दी क्लब र रुस्लान थ्री स्टार क्लबबीचको खेललाई नेपाली फुटबलमा सधैं विशेष महत्त्वका साथ् हेरिन्छ । सधैं लिग उपाधिको होडमा रहने यी दुईको नतिजाले यस सिजन पनि शीर्ष तालिकामा निकै प्रभाव पार्नेछ ।

मैदानभित्र यि दुई टोलीबीच जति रस्साकस्सी हुन्छ । मैदान बाहिर पनि उत्तिकै रस्साकस्सी हुने गर्दछ । अर्थात यि दुई टिमबीच खेलाडी अनुबन्धमा पनि चर्काे प्रतिस्पर्धा हुने गर्दछ । एक सिजन थ्री स्टारमा खेलेका खेलाडी अर्काे सिजन पुरै मनाङले अनुबन्ध गर्न सक्दछ । यो यसअघि प्रस्टै देखिन्थ्यो । यसपटक मनाङले थ्री स्टारका रन्जन विष्टलाई क्लबमा भित्र्याएर यसको उदाहारण पेश गरेको छ ।

मनाङ र थ्री स्टारमा स्टार खेलाडीहरुको जमघट हुने गर्दथ्यो । यसपटक दुवै टोलीले स्टार खेलाडीलाई टोलीमा समेटेको छैन । अर्थात दुवै टोलीले युवा खेलाडीलाई विश्वास गर्दै टोली तयार पारेको छ । फेरिएको यही दुई टोलीबीच आज कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको सातौ चरणमा आमने–समाने हुदैछ । खेल दिउँसो ३ बजेपछि त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुनेछ ।

औसतको टोली बनाएपनि मनाङले नतिजा निकालिरहँदा थ्री स्टारले औसतकै प्रदर्शन गरिरहेको छ । उपाधि होडमा रहेका दुवै टिमलाई जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लिने अवसर छ । मनाङ ६ खेलमा ३ जित र ३ बराबरी सहित १२ अंक जोडेर तेस्रो स्थानमा छ । थ्री स्टार ६ खेल मध्य ३ मा जित, २ हार र १ बराबरीसहित १० अंक जोडर तालिकाको चौथो स्थानमा छ । शीर्षस्थानको आर्मीको १३ अंक रहेको छ । समान १३ अंक भएपनि मछिन्द्र दोस्रो स्थानमा छ ।

शुक्रबार उपाधि दावेदार मछिन्द्र शेर्पासँग २–० ले स्तब्ध भएको फाइदा मनाङ, थ्री स्टार र आर्मीलाई पुगेको छ । यस्तोमा मनाङ थ्री स्टारलाई पराजित गर्दै कम्तीमा पनि एक दिनको लागि शीर्ष स्थानमा रहने दाउँमा हुनेछ । मनाङलाई खेलाडी प्रतिबन्धले पिरोलेको छ । भरपर्दा मिडफिल्डर जगजित श्रेष्ठ, फरवार्ड रन्जन विष्ट र डिफेन्डर सुरज विके थ्री स्टारविरुद्ध टोलीमा हुने छैन । अन्जन विष्ट, आदित्य चौधरी, भिडाल लुइस, फेमी जोसवा, विमल  राना, कमल श्रेष्ठ, दयानन्द सिंह र पुजन उपरकोटीलगायतको खेलाडीको साथ मनाङलाई छ ।

यता, औसतको प्रदर्शन गरिरहेको थ्री स्टार मनाङलाई पराजित गर्दै शीर्षस्थानको आर्मी र मछिन्द्रसँगको अंक बराबरी गर्ने लक्ष्यमा हुनेछ । मनाङविरुद्ध जित हात पार्न सके थ्री स्टार उपाधि दावेदारितामा उभिनेछ । पराजित भएके अवस्थामा भने उपाधि यात्रा झिनो बन्नेछ । थ्री स्टारसँग कप्तान बिक्रम लामा, अनन्त तामाङ, मिक्छेन तामाङ, गोलरक्षक प्रिसो, रुपेश केसी र सुशिल राई जस्ता खेलाडीहरुको साथ रहेको छ । मनाङविरुद्धको खेलबाट थ्री स्टारले दक्षिण एसियाली कोटाबाट भारतका खेलाडीलाई उतार्ने तयारी गरेको छ ।

लिगकै पहिलो खेलमा जआज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रभु जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच मध्यान्ह १२ बजे खेल हुनेछ । दुवै टिम जित निकाल्दै अंक तालिकामा सुधार गर्ने लक्ष्यमा हुनेछन् । पुलिस ६ खेलमा २ खेलमा जित, २ मा हार, २ बराबरी सहित ८ अंक जोडेर तालिकाको सातौ स्थानमा छ । जावलाखेल २ खेलमा जित, १ मा हार र ३ बराबरी सहित ९ अंक जोडेर पाँचौ स्थानमा छ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.