default_image

4 years ago

January 19, 2020

आत्मघाती गोलले सिटी जितबाट वञ्चित

एजेन्सी – इन्ज्युरी समयमा आत्मघाती गोल बेहोरेपछि म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा जितबाट वञ्चित बनेको छ । सिटी घरेलु मैदानमै क्रिष्टल प्यालेससँग २–२ गोलको बराबरीमा रोकिदै अंक बाँड्न बाध्य बनेको हो ।  घरेलु मैदान इतिहाद स्टेडियममा सिटीका लागि दुवै गोल सर्जियो अगुइरोले गरे । क्रिस्टलका सेन्क टसनले एक गोल गर्दा एक गोल उपहार पाएको थियो […]

29 views

0 Bookmark

एजेन्सी – इन्ज्युरी समयमा आत्मघाती गोल बेहोरेपछि म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा जितबाट वञ्चित बनेको छ । सिटी घरेलु मैदानमै क्रिष्टल प्यालेससँग २–२ गोलको बराबरीमा रोकिदै अंक बाँड्न बाध्य बनेको हो । 

घरेलु मैदान इतिहाद स्टेडियममा सिटीका लागि दुवै गोल सर्जियो अगुइरोले गरे । क्रिस्टलका सेन्क टसनले एक गोल गर्दा एक गोल उपहार पाएको थियो ।

पहिलो हाफमा एक गोलले पछि परेको अवस्थामा दोस्रो हाफमा सर्जियो अगुइरोले दुई गोल गर्दै सिटीलाई जितनजिक पुर्‍याएका थिए । तर, अन्तिम समयमा फनाएन्डिन्होले आत्मघाती गोल गरेपछि सिटी जितबाट वञ्चित बनेको हो ।

खेलको ३९औं मिनेटमा सेन्क टोसनले गोल गर्दै पहिलो हाफमा क्रिष्टल प्यालेसलाई १–० ले अग्रता दिलाएका थिए । १–० ले पछि परेपछि सिटीले लगातार दवावमा राखेपनि क्रिस्टलको बलियो रक्षापङ्ति तोड्न निकै हम्मे हम्मे परेको थियो ।

६ मिनेटको अन्तरमा सर्जियो अगुइरोले दुई गोल गरेपछि सिटीले खेलमा २–१ को अग्रता लिन सफल भएको थियो । अगुइरोले खेलको ८२औं मिनेटमा ग्याब्रिएल जेससको पासमा तथा र ८७औं मिनेटमा बेन्जामिन मेन्डीको पासमा गोल गरेको थियो ।

९०औं मिनेटमा फर्नाडिन्होले आत्मघाती गोल गरेपछि खेल २–२ गोलको बराबरीमा पुग्यो । वेलफ्रेड जाहाको क्रसलाई जोगाउने प्रयास गरेपनि फर्नाडिन्होले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा सिटीले प्यालेसलाई अंक बाड्न बाध्य बन्यो ।

बराबरीसँगै सिटी २३ खेलबाट ४८ अंक जोडेर दोस्रो स्थानमा यथावत छ । सिटी दुई खेल कम खेलेको शीर्षस्थानको लिभरपुलसँग १३ अंकले पछि छ । लिभरपुल ६१ अंकसहित शीर्ष स्थानमा छ ।

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.