default_image

4 years ago

January 20, 2020

आर्मीलाई ‘ढुंगा खोज्दा देउता’

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले अघिल्लो चरणको अन्तिम खेलमा जित दर्ता गरेको भए अंक तालिकाको शीर्षस्थानमा २ अंकको अग्रता बनाउने अवसर थियो । तर संकटासँग बराबरी खेलेपछि आर्मी माथि चढ्न सकेन । सोमबार सातौं चरणको अन्तिम खेलमा आर्मीसँग शीर्षस्थानमा ३ अंकको अग्रता बनाउने अवसर थियो । यसपटक आर्मीले सानदार प्रदर्शन गर्दै शिखरमा उक्लियो […]

88 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले अघिल्लो चरणको अन्तिम खेलमा जित दर्ता गरेको भए अंक तालिकाको शीर्षस्थानमा २ अंकको अग्रता बनाउने अवसर थियो । तर संकटासँग बराबरी खेलेपछि आर्मी माथि चढ्न सकेन ।

सोमबार सातौं चरणको अन्तिम खेलमा आर्मीसँग शीर्षस्थानमा ३ अंकको अग्रता बनाउने अवसर थियो । यसपटक आर्मीले सानदार प्रदर्शन गर्दै शिखरमा उक्लियो । पछिल्लो खेलमा संकटाविरुद्ध लगभग दोस्रो हाफ पूरै १० खेलाडीमा सिमित हुनुपर्दा आर्मीले महत्त्वपूर्ण २ अंक गुमाएको थियो । तर सातौं चरणको सुरुवाती खेलमा मछिन्द्रले शेर्पासँग हार्नुले आर्मीलाई फाइदा पुग्यो ।

शनिबारको खेलमा रुस्लान थ्री स्टार र मनाङले बराबरी खेल्दा आर्मीलाई ढुंगा खोज्दा देउता मिलेजस्तै भयो । आर्मीले सोमबार च्यासललाई ३-० ले पराजित गर्दै शीर्षस्थानमा त उक्लियो नै, ३ गोलले आर्मीको गोल अन्तरलाई पनि सघाउ पुग्यो । आर्मीका लागि च्यासलविरुद्ध कप्तान भरत खवास र नवयुग श्रेष्ठ दुवैले गोल गरे । मिडफिल्डमा सेसेहाङ आङदेम्बे र सन्तोष तामाङले पनि गोलमा सहयोग पुर्याए ।

छैटौं चरणको तुलनामा सातौं चरणमा जित-हारको नतिजाले अंक तालिकामा प्रतिस्पर्धा झनै चुलिएको छ । रेलिगेसन क्षेत्रमा सरस्वतीमाथि दवाव बढ्दा आर्मीले भने शीर्षस्थानमा ३ अंकको अग्रता लिएको छ । गोलसंख्याको हिसाबमा पनि यस चरण निकै फलदायी रहयो । पछिल्लो चरणको ७ खेलमा जम्मा ५ गोल सम्भव भएको थियो । यस चरणमा भने ७ खेलमा २१ गोल भयो ।

छैटौं चरणको पहिलो खेलमा नै शीर्षस्थानमा रहेको मछिन्द्र शेर्पासँग २-० ले पराजित भयो । यससँगै मनाङलाई शीर्षस्थानमा उक्लने अवसर थियो । तर शनिबार थ्री स्टारसँग २-२ को बराबरीमा रोकिएसँगै मनाङ अगाडी बढ्न सकेन । त्यसअघि पुलिसले जावलाखेललाई २-० ले हराउँदै जावलाखेललाई शीर्षस्थानमा पुग्नबाट बन्चित गर्यो ।

एपीएफ र एनआरटीबीच ५ गोल सम्भव भएको खेलमा विभागीय टोली ३-२ ले पराजित भयो । अन्तिम १० मिनेटमा २ गोल खाएर अंकविहिन हुन पुगेको एपीएफलाई अझैपनि रेलिगेसनको डर रहेको छ । एनआरटी भने जित हासिल गर्दै अनपेक्षित रुपमा लिगको शीर्ष तालिकामा आएको छ । मिडफिल्डर एरिक विष्टले जारी लिगको दोस्रो म्यान अफ द म्याच प्रदर्शन गर्दै आफ्नो पूर्वक्लब आर्मीलाई सचेत गराएका छन् । आर्मीले अर्को चरणमा एनआरटीसँग खेल्दैछ ।

फ्रेन्ड्सले पनि सरस्वतीलाई ४-१ ले पराजित गर्दै रेलिगेसनको डर शान्त पार्यो । जितले ३ अंक त हासिल गर्यो नै उक्त खेलमा विदेशी खेलाडीले सानदार प्रदर्शन गरे । सिजनभर जम्न नसकेका ब्राजिलियन खेलाडीले गोल र असिस्ट नै गरे । भारतीय फरवार्ड उत्तम राईले २  गोल र १ असिस्ट गर्दा वाग्नर दे कार्मोले २ गोल गरे । अर्का ब्राजिलियन डिफेन्डर साउलो दे अक्विनोले गोल र अर्का ब्राजिलियन फेलिपे सौजाले असिस्ट दिए । यस प्रदर्शनले फ्रेन्ड्सको लागि आउने खेलमा मनोबल उच्च भएको छ ।

सोमबार पहिलो खेलमा संकटा र ब्रिगेड ब्वाइजले अंक बाँडेसँगै दुवै टोली अंक तालिकाको मध्यभागमा नै अड्किए । दुवै टोली रेलिगेसनबाट लगभग सुरक्षित छन् भने शीर्ष ४ मा प्रतिस्पर्धा गर्ने सम्भावना कम छ । शीर्ष ६ मा पस्ने महत्त्वकांक्षा बोकेको बीबीसीका लागि भने यो सुखद नतिजा मान्नुपर्छ ।

सातौं चरण आर्मी र फ्रेन्ड्सका लागि सुखद रहँदा मछिन्द्र र सरस्वतीका लागि भने दुखदायी रहयो । मछिन्द्रले अब उपाधि लक्ष्य जोगाउन बाँकी खेलमा चुक्न नहुने समिकरण छ । बाँकी सबै खेल जितेमा अझैपनि उपाधि आफ्नै हातमा रहेको छ । शीर्ष ४ का ३ क्लबसँग खेल बाँकी रहेको अवस्थामा सरस्वतीले भने घटुवा हुनबाट जोगिन अप्रत्याशित नतिजा निकाल्नुपर्ने छ ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.