default_image

4 years ago

January 22, 2020

रियलका खेलाडी लोनमा बायर्न म्युनिख पुगे

एजेन्सी – प्रशिक्षक जिनेदिन जिदानको रोजाइमा पर्न नसकेपछि स्पेनिस महारथी रियल म्याड्रिडका डिफेन्डर अल्भारो ओड्रीओजोला ६ महिना लोनमा जर्मन च्याम्पियन बायर्न म्युनिखमा अनुबन्धित भएका छन् । स्पेनको राष्ट्रिय टोलीमा नियमित पर्दै आएका भएपनि क्लबमा भने उनले निकै संघर्ष गर्नुपरको छ । जारी सिजन उनले जम्मा ५ पटक रियलको टोलीमा खेलेका छन् । सम्भावित २८ खेलमध्य […]

56 views

0 Bookmark

एजेन्सी – प्रशिक्षक जिनेदिन जिदानको रोजाइमा पर्न नसकेपछि स्पेनिस महारथी रियल म्याड्रिडका डिफेन्डर अल्भारो ओड्रीओजोला ६ महिना लोनमा जर्मन च्याम्पियन बायर्न म्युनिखमा अनुबन्धित भएका छन् ।

स्पेनको राष्ट्रिय टोलीमा नियमित पर्दै आएका भएपनि क्लबमा भने उनले निकै संघर्ष गर्नुपरको छ । जारी सिजन उनले जम्मा ५ पटक रियलको टोलीमा खेलेका छन् । सम्भावित २८ खेलमध्य उनी १७ पटक टोलीमा नै पर्न सकेका छैनन् । उनले बायर्नमा भने मैदानमा खेल्ने समय पाउने अपेक्षा राखेका छन् ।

अल्भारोले जुनमा हुने युरोपेली च्याम्पियनसिपलाई लक्षित गर्दै यो कदम चालेका हुन् । रियलमा नै रहँदा उनले क्लबमा खेल्न नपाएपछि राष्ट्रिय टोलीमा पर्न कठिन हुने बुझेका थिए । राष्ट्रिय टोलीका प्रशिक्षक लुइस एन्रिकेले यसअघि पनि उनलाई टोलीमा राखेका थिए । उनी सन् २०१८ को फिफा विश्वकपमा स्पेनको राष्ट्रिय टोलीमा समेत रहेका थिए ।

अल्भारोले सन् २०२४ सम्मका लागि रियल म्याड्रिडमा सम्झौता गरेका छन् । जिदानको मन जित्न असफल रहेका उनले अर्को सिजन पनि खेल्न पाउने सम्भावना कम छ । रियलबाट लोनमा बोरुसिया डर्टमुन्ड पुगेका अक्रफ हाकिमी पनि क्लब फर्किएसँगै प्रतिस्पर्धा उच्च विन्दुमा पुग्नेछ । रियलमा हाल पनि स्पेनका पहिलो रोजाईका डिफेन्डर ड्यानी कार्भाजल खेलिरहेका छन् ।

अल्भारो सन् २०१८ मा रियल सोसीडाडबाट ४० मिलियन युरोमा रियल आएका थिए । उनले मैदानमा भने खासै प्रभाव जमाउन सकेका छैनन् । रियलमा पहिलो सिजन २२ खेल खेल्दै १ गोल र ९ असिस्ट दिएका उनले यस सिजन भने ५ खेलमा १ असिस्ट मात्र दिएका छन् ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.