default_image

4 years ago

January 24, 2020

सरस्वतीलाई हराउँदै मनाङ शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लब कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको आठौं चरणमा पनि अपराजित यात्रालाई जारी राख्दै अंक तालिकाको शीर्ष स्थान पुनरागमन गरेको छ । दशरथ रंगशालामा शुक्रबार सरस्वती युथ क्लबलाई १–० ले हराउँदै मनाङले शीर्ष स्थानमा पुनरागमन गरेको हो । टोलीको यो चौथों जित हो । ४ खेलमा […]

24 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लब कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको आठौं चरणमा पनि अपराजित यात्रालाई जारी राख्दै अंक तालिकाको शीर्ष स्थान पुनरागमन गरेको छ ।

दशरथ रंगशालामा शुक्रबार सरस्वती युथ क्लबलाई १–० ले हराउँदै मनाङले शीर्ष स्थानमा पुनरागमन गरेको हो । टोलीको यो चौथों जित हो । ४ खेलमा बराबरी गरेको टोलीको १६ अंक पुगेको छ । खेलको ४६ औं मिनेटमा विमल रानाले गरेको गोल खेलको निर्णायक बन्यो ।

निशान लिम्बुको क्रसमा अन्जन विष्टले गरेको प्रहार बारमा लागेर फर्किएको बललाई विमलले हेडमार्फत गोल गरेका थिए । पहिलो हाफमा मनाङले गोल गर्ने अवसर पाएर पनि सदुपयोग गर्न सकेन । सरस्वतीले भने लगातार सातौं हार बेहोरेको छ ।

एक खेल कम खेलेको त्रिभुवन आर्मी पनि समान १६ अंकमा दोस्रो स्थानमा छ । ८ खेल खेलेको मछिन्द्र तेस्रो स्थानमा छ । तीनै टोलीको समान अंक भएपनि हेड टु हेडमा मनाङ अगाडि छ । आर्मीले शनिबार एनआरटिसँग खेल्दैछ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.