default_image

4 years ago

January 25, 2020

बार्सिलोनामाथि भ्यालेन्सियाको सानदार जित

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत लिगको शीर्षस्थानमा रहेको बार्सिलोनालाई भ्यालेन्सियाले हराएको छ । शनिबार घरेलु मैदान मेस्टालामा भएको खेलमा भ्यालेन्सियाले लिगको साविक विजेता बार्सिलोनालाई २-० ले पराजित गरेको हो । खेलको नवौं मिनेटमा नै भ्यालेन्सियाले पेनाल्टीमा गोल गर्ने अवसर पाएको थियो । जेरार्ड पिकेले पेनाल्टी क्षेत्रभित्र जोसे गायालाई लडाएपछि रेफ्रीले उनलाई पहेंलो कार्ड देखाउँदै […]

57 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत लिगको शीर्षस्थानमा रहेको बार्सिलोनालाई भ्यालेन्सियाले हराएको छ । शनिबार घरेलु मैदान मेस्टालामा भएको खेलमा भ्यालेन्सियाले लिगको साविक विजेता बार्सिलोनालाई २-० ले पराजित गरेको हो ।

खेलको नवौं मिनेटमा नै भ्यालेन्सियाले पेनाल्टीमा गोल गर्ने अवसर पाएको थियो । जेरार्ड पिकेले पेनाल्टी क्षेत्रभित्र जोसे गायालाई लडाएपछि रेफ्रीले उनलाई पहेंलो कार्ड देखाउँदै पेनाल्टी दिएका थिए । तर म्याक्सी गोमेजको प्रहारलाई टेर स्टेगनले दायाँतर्फ उत्कृष्ट डाइभ दिँदै विफल पारे । त्यसअघि तेस्रो मिनेटमा बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले एन्टोइन ग्रिज्मनको पासमा गरेको प्रहारले पोस्टको दिशा लिन सकेन ।

२७ औं मिनेटमा मेस्सीले प्रहार गरेको फ्रिकिकले पोस्टको दिशा लिन सकेन । लगत्तै कार्लोस सोलरको पासमा गोमेजको प्रहारलाई टेर स्टेगनले उत्कृष्ट ढंगले बचाए । त्यसको केहि समयमा नै केभिन गामेरियोको प्रहारमा पनि टेर स्टेगन नै बाधक बने । सोलरकै कर्नरमा ग्यब्रिएल पाउलिस्टाको हेडरले पोस्टको दिशा लिन सकेन ।

दोस्रो हाफको सुरुवातमै बार्साका युवा फरवार्ड अन्सु फातीले अग्रता दिलाउने अवसर पाए । मेस्सीको पासमा उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहर थोरैले बाहिरियो । ४७ औं मिनेटमा भ्यालेन्सियाले जोर्डी अल्बाको आत्मघाती गोलमा अग्रता लियो । पहिलो हाफमा पेनाल्टी चुकाएका लोपेजले गरेको शक्तिशाली प्रहार अल्बालाई लाग्दै पोस्टभित्र छिरेको थियो ।

खेलमा पछि पर्ने बितिक्कै बार्सिलोनाले बराबरी गर्ने अवसर पाएको थियो । फ्रान्की डे जोङले पेनाल्टी क्षेत्रको बीचबाट गरेको प्रहारलाई विपक्षी गोलरक्षकले विफल पारे । ५७ औं मिनेटमा मेस्सीको प्रहार डिफेन्डरले ब्लक गर्दा भ्यालेन्सिया अग्रता जोगाउन सफल रहयो । लगत्तै ग्रिज्मनकै पासमा मेस्सीको प्रहार बाहिरियो ।

बार्सिलोनाले लगातर आक्रमण बुनेपनि मेस्सीले लगातार अवसरको सदुपयोग गर्न सकेन । ७६ औं मिनेटमा भने घरेलु टोली भ्यालेन्सियाले अग्रता दोब्बर पार्यो । फेरान टोरेसको पासमा गोमेजले पेनाल्टी क्षेत्र भित्रबाट गोल गर्दै भ्यालेन्सियालाई जिततर्फ उन्मुख गराए ।

यस हारसँगै बार्सिलोनाले २१ खेलमा ४३ अंक जोडेको छ । दोस्रो स्थानको रियल म्याड्रिडले एक खेल कम खेल्दै समान अंक जोडेको छ । गोलअन्तर समान भएपनि धेरै गोल गरेको आधारमा बार्सिलोना शीर्षस्थानमा रहेको हो । रियलले आइतबार लिगको खेलमा रियल भालाडोलिडको सामना गर्नेछ । भ्यालेन्सिया भने २१ खेलमा ३४ अंक जोड्दै पाँचौ स्थानमा उक्लेको छ ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.