default_image

4 years ago

January 26, 2020

झिनो जितसँगै चेल्सी एफए कपको पाँचौ चरणमा

एजेन्सी – लन्डन क्लब चेल्सी एफए कपको पाँचौ चरणमा प्रवेश गर्न सफल भएको छ । चेल्सीले च्याम्पियनसिप क्लब हल सिटीलाई २–१ ले पराजित गर्दै एफए कपको पाँचौ चरणमा पुग्न सफल भएको हो । केसीओम स्टेडियममा शनिबार राति भएको खेलमा चेल्सीको जितमा मिचे बात्सुयाई र फिकायो तोमोरीले गोल गरे । हलका कामिल ग्रोसिकीले सान्त्वना गोल फर्काए […]

24 views

0 Bookmark

एजेन्सी – लन्डन क्लब चेल्सी एफए कपको पाँचौ चरणमा प्रवेश गर्न सफल भएको छ । चेल्सीले च्याम्पियनसिप क्लब हल सिटीलाई २–१ ले पराजित गर्दै एफए कपको पाँचौ चरणमा पुग्न सफल भएको हो ।

केसीओम स्टेडियममा शनिबार राति भएको खेलमा चेल्सीको जितमा मिचे बात्सुयाई र फिकायो तोमोरीले गोल गरे । हलका कामिल ग्रोसिकीले सान्त्वना गोल फर्काए । खेलको छैटौ मिनेटमा नै बात्सुयाईको गोलबाट अग्रता बनाएको थियो । कप्तान सिजर एजपिलिक्वेटाको क्रसमा मासन माउन्टको हेडरलाई ब्लक गरेपनि रायन ताफाजोलीबाट डिफ्लेक्सन भएको बललाई बात्सुयाईले गोलमा परिणत गरेका थिए ।

 

१६औं मिनेटमा रोस बार्कलेको प्रहारलाई हलका गोलरक्षकल बचाए । ३३औं माटियो कोभासिसको प्रहारलाई बचाउदा चेल्सी अग्रता दोब्बर पार्नबाट चुक्यो । ३५औं मिनेटा हलका टोम इभेसले बराबरीको अवसर खेर फाल्यो ।  ५९औं मिनेटमा जारोड वोवेनको प्रहार क्रसबारमा लागेर बाहिरियो । ६४औं मिनेटमा चेल्सीले अग्रता दोब्बर बनायो । रोस बार्कलेको फ्रिकिकलाई फिकायो तोमोरीले गोलमा परिणत गरेका थिए । ७०औं मिनेटमा चेल्सीका विलियन चुके ।

७८औं मिनेटमा घरेलु टोलीले एक गोल गर्दै खेलमा फर्कने संकेत दिए । कामिल ग्रोसिकीको फ्रिकिक डिफ्लेक्ट भएर आएको बललाई उनैले गोलमा परिणत गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सी २–१ ले विजयी हुन सफल भयो ।

अन्य नतिजा

नर्थह्याम्पटनविरुद्ध डर्वी (०–०)

क्युपिआरविरुद्ध सेफिल्ड वेनस्डे (१–२)

ब्रेन्टफोर्डविरुद्ध लेस्टर सिटी (०–)

बर्नलीविरुद्ध नर्विच सिटी (१–)

कोभेन्ट्रीविरुद्ध बर्मिङघम (०–०)

मिलवालविरुद्ध सेफिल्ड युनाइटेड (०–)

न्यु क्यासलविरुद्ध अक्सफोर्ड युनाइटेड (०–०)

पोर्ट्समाउथविरुद्ध ब्रान्सले (–२)

रिडिङविरुद्ध कार्डिफ (१–१)

साउथह्याम्पटनविरुद्ध टोटेनहम (१–१)

वेस्टह्यामविरुद्ध वेस्टब्रुम (०–)

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.