default_image

4 years ago

January 26, 2020

बायर्नको सानदार जित

एजेन्सी – बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा फराकिलो जित निकालेको छ । बायर्नले साल्के–४ माथि ५–० को फराकिलो जित आत्मसात गरेको हो । फराकिलो जितसँगै बायर्नले शीर्षस्थानको आरबी लेइपजिगसँगको अंक दुरी १ मा झारेको छ । आरवी लेइपजिग शनिबार राति फ्रन्कफर्टसँग २–० ले पराजित भएको फाइदा उठायो । जितसँगै बायर्नको १९ खेलबाट ३९ अंक पुगेको […]

25 views

0 Bookmark

एजेन्सी – बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा फराकिलो जित निकालेको छ । बायर्नले साल्के–४ माथि ५–० को फराकिलो जित आत्मसात गरेको हो । फराकिलो जितसँगै बायर्नले शीर्षस्थानको आरबी लेइपजिगसँगको अंक दुरी १ मा झारेको छ ।

आरवी लेइपजिग शनिबार राति फ्रन्कफर्टसँग २–० ले पराजित भएको फाइदा उठायो । जितसँगै बायर्नको १९ खेलबाट ३९ अंक पुगेको छ । समान खेलबाटै आरबी लेइपजिगको ४० अंक छ । साल्को ३३ अंक जोडेर पाँचौ तथा फ्रन्कफर्ट २४ अंक जोडेर नवौं स्थानमा छ ।

घरेलु मैदानमा बायर्नको फराकिलो जितमा पाँच खेलाडीले गोल गरे । खेलको छैटौ मिनेटमा रोवर्ट लेवान्डोस्कीको गोलबाट बायर्न अघि बढेको थियो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

५०औं मिनेटमा लियोन गोरेट्ज्काले गोल गरेपछि बायर्न खेलमा ३–० ले अघि बढ्यो । ५८औं मिनेटमा थियागो अलकान्तारले गोल गर्दै बायर्नलाई फराकिलो जितपतर्m अग्रसर गराए । ८९औं मिनेटमा सर्जी जिनाब्रीले गोल गर्दै बायर्नलाई ५–० को सानदार जित दिलाए ।

अन्य नजिता

बोरुसिया मोन्चेनग्लाडवाचविरुद्ध मेइन्ज (–१)

फ्रन्कफर्टविरुद्ध आरबी लेइपजिग (–०)

फेयरवर्गविरुद्ध पाडेरवर्न (०–)

युनियन बर्लिनविरुद्ध अग्सवर्ग (–०)

वल्सवर्गविरुद्ध हर्था बर्लिन (१–)

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.