default_image

4 years ago

January 28, 2020

गोकुलमको जितमा सावित्राको ५ गोल

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोली एवंम् नेपाल एपिएफकी फरवार्ड सावित्रा भण्डारीले भारतीय (आई) लिगमा आफ्नो उच्च प्रदर्शनलाई जारी राखेकी छिन् । उनले ५ गोल गरेपछि गोकुलम केरेला एफसीले मंगलबार केन्क्रे एफसीलाई १०–१ ले हराएको छ । आइतबार उनको गोलमा गोकुलमले विजयी सुरुवात गरेको थियो । बैंगलुरु रंगशालामा सावित्राले खेलको सातौं मिनेटमा गोलको खाता खोलेकी थिइन् […]

35 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोली एवंम् नेपाल एपिएफकी फरवार्ड सावित्रा भण्डारीले भारतीय (आई) लिगमा आफ्नो उच्च प्रदर्शनलाई जारी राखेकी छिन् । उनले ५ गोल गरेपछि गोकुलम केरेला एफसीले मंगलबार केन्क्रे एफसीलाई १०–१ ले हराएको छ ।

आइतबार उनको गोलमा गोकुलमले विजयी सुरुवात गरेको थियो । बैंगलुरु रंगशालामा सावित्राले खेलको सातौं मिनेटमा गोलको खाता खोलेकी थिइन् । १९औं मिनेटमा अर्को गोल गरेकी उनले पहिलो हाफको इन्ज्युरी समयमा अर्को गोल गर्दै ह्याट्रिक पुरा गरेकी थिइन् ।

उनले ४८औं र ६१औं मिनेटमा गोल गर्दै गोल संख्या ५ पुर्याइन् । सावित्रा खेलको हिरो अफ दी म्याच चुनिएकी थिइन् र उनले ५ हजार भारतीय रुपैयाँ प्राप्त गरिन् । टोलीका लागि करिश्माले ह्याट्रिक पुरा गरिन् भने मनिषा र ग्रेसले समान १ एक गोल गरे । गोकुलमले लिगको पहिलो खेलमा श्रीभूमिलाई १–० ले हराउँदा सावित्राले नै गोल गरेकी थिइन् ।

गोकुलमका लागि ३ खेलमा सावित्राले ८ गोल गरिसकेकी छिन् । छनोटको दोस्रो लेगमा २ गोल गरेकी सावित्राले लिगको पहिलो खेलमा १ र आजको खेलमा ५ गोल गरेकी थिइन् ।

राष्ट्रिय टोली एवंम एपिएफकै मिडफिल्डर अनिता बस्नेत सम्मिलित सेथु एफसीले आजै क्रिप्सा एफसीसँग प्रतिस्पर्धा गर्दैछ । सेथुले पनि लिगमा विजयी सुरुवात गरिसकेको छ ।

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

May 1, 2024

आयोजक र काठमाडौं गोदावरी मेयर कपको क्वार्टरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – आयोजक गोदावरी नगरपालिका र काठमाडौं महानगरपालिका गोदावरीमा अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा बुधबार ललितपुर महानगरपालिकालाई पेनाल्टी सुट आउटमा ५–३ ले हराउँदै गोदावरी बि अन्तिम आठमा पुगेको हो । अर्को खलमा काठमाडौं महानगरपालिकाले बुढानिलकण्ठ नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–२ […]

Success

Thank you for your time.