default_image

4 years ago

January 30, 2020

रियलको सानदार जित

एजेन्सी – स्पेनिस कोपा डेल रे अन्तर्गत बुधबार रियल म्याड्रिडले रियल जारागोजाको मैदानमा ४-० को सानदार जित दर्ता गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । रियलको जितमा दुवै हाफमा २-२ गोल सम्भव भएको थियो । खेलको छैटौं मिनेटमा रियलले राफेल भारानको गोलमा अग्रता लिएको थियो । टोनी क्रुसको क्रसमा भिनिसियस बिट हुँदा फार पोस्टमा‌ रहेका भारानले […]

32 views

0 Bookmark

एजेन्सी – स्पेनिस कोपा डेल रे अन्तर्गत बुधबार रियल म्याड्रिडले रियल जारागोजाको मैदानमा ४-० को सानदार जित दर्ता गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । रियलको जितमा दुवै हाफमा २-२ गोल सम्भव भएको थियो ।

खेलको छैटौं मिनेटमा रियलले राफेल भारानको गोलमा अग्रता लिएको थियो । टोनी क्रुसको क्रसमा भिनिसियस बिट हुँदा फार पोस्टमा‌ रहेका भारानले सहजै गोल गरे । पहिलो हाफको मध्यतिर जारागोजा बराबरी गर्नबाट बञ्चित भयो । मिडफिल्डर सिन्जि कागावाको प्रहारलाई गोलरक्षक अल्फोन्स आरीअोलाले उत्कृष्ट बचाउ गरे ।

जारागोजाले लगातार दवाव कायम गरिरहँदा नै रियलले पुन: खेलमा पकड बनायो । ३२ अौं मिनेटमा मिगुएल लारानेसबाट क्रुसले मिडफिल्डमा बल खोस्दै लुकास भाज्केजलाई दिएको पासमा भाज्केजले गोल गरे ।

दोस्रो हाफको सुरुवात देखिनै जारागोजाले केहि दवाव सिर्जना गर्यो । तर आरीअोला लगातार बाधक बन्दा कुनै गोल निस्केन । ७२ अौं मिनेटमा भिनिसियसले गोल गर्दै रियलको जित सुनिश्चित गरे । उनले हामेस रोड्रीग्वेजसँग १-२ पास खेल्दै गोलरक्षकलाई चिप गर्दै अग्रता बढाए ।

वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका फ्रान्सेली फरवार्ड करीम बेन्जेमाले ८० अौं मिनेटमा ४-० को स्कोर बनाए । उनले ड्यानी कार्भाजलको उत्कृष्ट क्रसमा गोल गरे ।

यससँगै रियल अन्तिम ८ मा प्रवेश गरेको छ । प्रतियोगिताको आज हुने खेलमा बार्सिलोनाले लेगानेसको सामना गर्नेछ ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.