अर्जुन कार्की,बागलुङ
बेनी नगरपालिका बागलुङ बजारमा जारी दोस्रो मेयर कप राष्ट्रिय फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । ढोरपाटन नगरपालिका शुक्रबार ३–० ले हराउँदै बागलुङ अन्तिम आठमा पुगेको हो । मनिषले श्रेष्ठले २ गोल गरेको खेलमा १ गोल विनाम थजालीले गरेका थिए ।
१६ औं मिनेटमा मनिषको गोलमा बेनीले अग्रता लिएको थियो । पेनाल्टी बक्स भित्रबाट उनले गोल गरेका थिए । मनिषले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर पारेका थिए । ८५ औं मिनेटमा विनाम गोल गर्दै अन्तरलाई बढाएका थिए ।
पहिलो हाफमा ढोरपाटनका विवेक पुनको फ्रिकिक पोष्टमा लागेर फर्केको थियो । विजयी टोलीका मनिष खेलको म्यान अफ म्याच घोषित भए र उनले २ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा शनिबार २ खेल हुनेछन् । पहिलो खेल भिमाद नगरपालिका तनहुँ विरुद्ध तुल्सीपुर उपमहानगरपालिका दाङ र दोस्रो खेल बागलुङ नगरपालिका विरुद्ध गल्कोट नगरपालिका बागलुङबीच हुने प्रचारप्रसार संयोजक सुर्य लामिछानेले जानकारी दिए ।
बागलुङ नगरपालिकाको आयोजना र जिल्ला फुटबल संघ बागलुङको समन्वयमा संचालित प्रतियोगिताको विजेताले उपाधिसहित ३ लाख, दोस्रोले २ लाख र सेमिफाइनल पुग्ने समान ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले हजार तथा उत्कृष्ट फरवार्ड, मिडफिल्डर, डिफेन्डर, गोलकिपर र उच्च गोलकर्ताले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।