default_image

4 years ago

February 2, 2020

वल्भ्ससँग युनाइटेडको बराबरी

एजेन्सी – पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेजले इंग्लिस प्रिमियर लिगमा ‘डेब्यु’ गरेको खेलमा म्यानचेस्टर युनाइटेड वल्भ्ससँग बराबरीमा रोकिएको छ । शनिबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाईटेडले उल्भ्ससँग गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो । घरेलु मैदानमा बल पोजेसन राखेपनि वल्भ्समाथि कुनै गतिलो आक्रमण बुन्न नसक्दा युनाइटेडले गोल गर्न असफल बन्दा बराबरीमा रोकिन बाध्य बन्यो […]

23 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेजले इंग्लिस प्रिमियर लिगमा ‘डेब्यु’ गरेको खेलमा म्यानचेस्टर युनाइटेड वल्भ्ससँग बराबरीमा रोकिएको छ । शनिबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाईटेडले उल्भ्ससँग गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो ।

घरेलु मैदानमा बल पोजेसन राखेपनि वल्भ्समाथि कुनै गतिलो आक्रमण बुन्न नसक्दा युनाइटेडले गोल गर्न असफल बन्दा बराबरीमा रोकिन बाध्य बन्यो । खेलको पाँचौ मिनेटमा रोमेन सेइसको कर्नर बारमा लागेर फर्कदा वल्भ्सले खेलमा अग्रता बनाउनबाट चुक्यो । २०औं मिनेटमा माट दोहर्थीको अर्काे कर्नरलाई युनाइटेडका गोलरक्षक डेभिड डि गेयाले बचाए ।

३३औं मिनेटमा विन्टरमा युनाइटेड आएका ब्रुनो फर्नान्डेजले गरेको प्रहार पोस्टबाट थोरै बाहिरियो । ३९औं मिनेटमा लुका साको पासमा फर्नान्डेजको अर्काे प्रहारले पोस्टको गति लिन सकेन । ५०औं मिनेटमा डिएगो जोटाको ब्याक हिल प्रहारलाई आरोन वान विशाखाले क्लियर गरिदिए ।

५८औं मिनेटमा फर्नान्डेजको फ्रिकिकलाई वल्भ्सका गोलरक्षक रुइ प्याट्रिसियोले बचाए । ६०औं मिनेटमा हुवान माटाको प्रहार पोस्टमा लागेर फर्कदा युनाइटेड अग्रता लिनबाट चुक्यो । ७२औं मिनेटमा एन्ड्रिएस पेरेराको प्रहारलाई गोलरक्षक प्याट्रिसियोले बचाए ।

७८औं मिनेटमा मासन ग्रीनवुडको प्रहारमा प्याट्रिसियो पुनः बाधक बन्दा युनाइटेड चुकचुकायो । इन्ज्युरी समयमा युनाइटेडले लगातार आक्रमण बुनेपनि युनाइटेडले वल्भ्सको बलियो रक्षापङ्ति तोड्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । विन्टरमा ६८ मिलियन पाउण्डमा युनाइटेड आएका फर्नान्डेजले प्रभाव देखाउन असफल रहे ।

बराबरीपछि युनाइटेड २५ खेलबाट ३५ अंक जोडेर छैटौ स्थानमा रहेको छ । ३५ अंक नै रहेको वल्भ्स सातौ स्थानमा छ । ओले गुनर सोल्सायरको टिमले पछिल्ला पाँच खेलमा मात्र चार अंक बटुलेको छ ।

यस्तै शनिबार राति नै भएको खेलमा चेल्सी र लेष्टर सिटीले २–२ गोलको बराबरी खेल्दै अंक बाडेको छ । चेल्सीका लागि दुवै गोल एन्टेनियो रुडिगरले गरे । लेस्टरका हार्भे वार्नेस र बिन चलिवालले गोल गरे । बराबरीसँगै चेल्सी २५ खेलमा ४१ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ । लेष्टर ४९ अंक जोडेर तेस्रो स्थानमा छ ।

अन्य नतिजा

बर्नमाउथविरुद्ध एस्टन भिल्ला (–१)

क्रिस्टल प्यालेसविरुद्ध सेफिल्ड युनाइटेड (०–)

लिभरपुलविरुद्ध साउथ ह्याम्पटन (–०)

न्यु क्यासलविरुद्ध नर्विच सिटी (०–०)

वाटफोर्डविरुद्ध एभर्टन (२–)

वेस्टह्यामविरुद्ध ब्राइटन (३–३)

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

Success

Thank you for your time.