default_image

4 years ago

February 2, 2020

विभागीय डर्बीमा सानदार जितसँगै आर्मी शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ४-२ ले पराजित गरेको छ ।   खेलमा २ पटक पछाडि परेपनि आर्मीले अन्तिम समयमा सानदार प्रदर्शन गर्दै जित हासिल गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठले २ तथा सुदिल राई र सुमन अर्यालले १-१ […]

73 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ४-२ ले पराजित गरेको छ ।

 

खेलमा २ पटक पछाडि परेपनि आर्मीले अन्तिम समयमा सानदार प्रदर्शन गर्दै जित हासिल गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठले २ तथा सुदिल राई र सुमन अर्यालले १-१ गोल गरे । पुलिसका लागि बुद्ध बल तामाङ र मानबहादुर परियारले अग्रता दिलाएका थिए ।

खेलमा पुलिसले सुरुवाती अग्रता लिएको थियो । १९अौं मिनेटमा बुद्व बल तामाङले गोल गर्दै पुलिसलाई अग्रता दिलाए । कप्तान नीर कुमार राईको फ्रिकिकमा बुद्व बल तामाङले गरेको हेडर टप कर्नरमा गोल हुँदा गोलरक्षक बिकेश कुथुको बचाउने प्रयास सफल हुन सकेन ।

२४अौं मिनेटमा कप्तान भरत खवासकाे प्रहारलाई पुलिसका गोलरक्षक रोशन खड्काले सहजै बचाए । २७अौं मिनेटमा जर्जप्रिन्स कार्कीको कर्नरमा विकास तामाङको हेडर पोस्टबाट थोरै बाहिरयो ।

३५अौं मिनेटमा सुमन अर्यालले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । सन्ताेष तामाङको फ्रिकिकमा आएको बललाई सुमनले हेडमार्फत गोल गर्न सफल भएका थिए । ४४ अौं मिनेटमा भरत खवासको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरियो ।

५८अौं मिनेटमा मान बहादुर परियारले गोल गर्दै पुलिसलाई २-१ को अग्रता दिलाए । नीर कुमार राईको फ्रिकिकमा मान बहादुरले गोल गरणन सफल भएको थियो । लगत्तै युद्व शाहीको क्रसमा भरत खवासकाे हेडर बाहिरियाे ।

७१अौं मिनेटमा बिकास खवासको लामो थ्रु बलमा गोलरक्षक रोशन खड्का बिट भएपनि आर्मीका खेलाडी चुकेका थिए । ७७अौं मिनेटमा बिवेक बस्नेतको उत्कृष्ट क्रसमा नवयुग श्रेष्ठले गोल गर्दै खेललाई २-२ बराबरीमा ल्याए ।

७९अौं मिनेटमा भरत खवासको कर्नरमा सुमन अर्यालको फ्लिक हेडिङमा नवयुगले अोभर हेड किक प्रयास गरेपनि गोलरक्षकले नियन्त्रणमा लिए । ८२अौं मिनेटमा सुदिल राईको क्रसमा भरतले पेनाल्टी बक्सभित्रको प्रहार अाकासियो ।

८५अौं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई ३-२ को अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्रभित्र बाट उत्कृष्ट फिनिस गरेका थिए । ८९अौं मिनेटमा सब्सिच्युट सुदिल राईले गोल गर्दै आर्मीलाई ४-२ को जित दिलाए ।

यस जितसँगै आर्मी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आर्मीको १० खेलमा २३ अंक रहेको छ । दोस्रो स्थानमा रहेको मछिन्द्रभन्दा आर्मी १ अंकले अगाडि छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.