default_image

4 years ago

February 3, 2020

लुकाकुको दुई गोलमा इन्टर विजयी

31 views

0 Bookmark

एजेन्सी – बेल्जियन फरवार्ड रोमेलु लुकाकुको दुई गोल सहयोगमा इन्टर मिलानल इटालियन सिरी ‘ए’ मा सहज जित निकालेको छ । इन्टरले घरेलु टोली यडिनेसीमाथि २–० को सहज जित निकालेको हो ।

लुकाकुले दुवै गोल दोस्रो हाफमा गरेका थिए । घरेलु टोलीले इन्टर मिलानलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोक्न सफल भएपनि दोस्रो हाफमा रोक्न सकेन । खेलको दोस्रो मिनेटमा नै इन्टरका सेवास्टियानो इस्पोसिटोले गोल गर्ने अवसर खेर फालेको थियो । सातौ मिनेटमा क्रिस्टियन इरिक्सनको प्रहारलाई उडिनेसीका गोलरक्षकले विफल पारिदिए ।

३०औं मिनेटमा सेवास्टियानो इस्पोसिटोको प्रहारलाई गोलरक्षक जुवान मुसोल उत्कृष्ट बचाउ गर्दा इन्टर अग्रता लिनबाट चुक्यो । ३६औं मिनेटमा इरिक्सनको प्रहार आकासियो । दोस्रो हाफको शुरुमै इन्टरले अग्रता लिने अवसर गुमायो । ५६औं मिनेटमा उडिनेसीका खेलाडीले पेनाल्टीको अपिल गरेपनि रेफ्रीले त्यसलाई वास्ता गरेन । ओकाकालाई इन्टरका खेलाडीले फउल गर्न पुगेका थिए ।

घरेलु टोलीमाथि लगातार पोस्ट आक्रमण बुनेको इन्टरले ६४औं मिनेटमा गोलको खडेरी तोड्न सफल भयो । निकोलो बरेलाको पासमा लुकाकुले गोल गर्दै इन्टरलाई अग्रता दिलाए । ६९औं मिनेटमा एलेक्सिस सान्चेजले गोलको अवसर खेर फालेको थियो । लगत्तै इन्टरले पेनाल्टीको मौका पाएको थियो । ७०औं मिनेटमा सान्चेजलाई जुवान मुसोले फउल गरेपछि इन्टरले पेनाल्टीको मौका पाएको थियो । जसलाई लुकाकुले गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे । त्यसपछि थप गोल निस्कन नसक्दा इन्टर २–० ले विजयी हुन सफल भयो ।

जितसँगै इन्टर २२ खेलबाट ५१ अंक जोडेर दोस्रो स्थाना यथावत छ । शीर्षस्थनको युभेन्टसको समान खेलबाटै ५४ अंक छ । पराजित उडिनेसी २४ अंकसहित १५औं स्थानमा छ ।

अर्काे खेलमा एसी मिलान १० खेलाडीमा समेटिएको हेलास भेरोनासँग १–१ गोलको बराबरीमा रोकिएको छ । मिलानका हकान कलहानोग्लुले तथा हेलासका मार्काेले गोल गरे । ६८औं मिनेटमा हेलासका सोफयान अम्रावात सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएको थियो ।
बराबरीपछि मिलान २२ खेलबाट ३२ अंक जोडेर आठौं स्थानमा रहेको छ । हेलास ३० अंक जोडेर नवौं स्थनमा छ ।

अन्य नतिजा

ससुलोविरुद्ध रोमा (–२)

एटलान्टाविरुद्ध जिनोआ (२–२)

लाजियोविरुद्ध एसपाल (–१)

लिसविरुद्ध टोरिनो (–०)

May 6, 2024

अन्जना एनआइसी एसिया बैंकको ब्राण्ड प्रमोटर

काठमाडौं (हाम्रो खेलकुद)- एनआइसी एसिया बैंकले राष्ट्रिय महिला फुटबल तथा त्रिभुवन आर्मी क्लबकी गोलकिपर अन्जना रानामगरलाई आफ्नो ब्राण्ड प्रमोटर नियुक्त गरेको छ। गत वर्ष फागुनमा साउदी अरबमा भएको वाफ च्याम्पियनसिपमा दोस्रो भएको नेपाली राष्ट्रिय महिला टोलीको सम्मानमा बैंकले सोमबार आयोजना कार्यक्रमकै दौरान अन्जनालाई ब्राण्ड प्रमोटरको रुपमा घोषणा गरेको हो।

May 6, 2024

दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउने!

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता गरेको रंगशाला निरीक्षणपछि रंगशालाको विभिन्न पक्षमा प्रश्न उठाएको हो । एन्फा महासचिव किरण राईका अनुसार रंगशालाको मैदानको पिच, फ्लड लाइट र सुरक्षा सम्बन्धि विषयमा एएफसीले गम्भीर […]

May 6, 2024

फुटबलर सविता पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद)– एभरग्रिन कन्स्ट्रकसन एन्ड कन्स्लटेन्सी प्रालिले राष्ट्रिय फुटबल टोली तथा एपिएफकी फरवार्ड सविता रानामगरलाई नगदले पुरस्कृत गरेको छ । प्रालिका अध्यक्ष अभिषेक कोइराला र मेनेनजर स्रदिप प्रधानले सोमबार सवितालाई चेक हस्तान्तरण गरेका थिए । साउदी अरबमा फागुनमा भएको वाफ च्याम्पियनसिपमा उच्च प्रदर्शन गरेकामा भन्दै प्रालिले उनलाई नगदले पुरस्कृत गरेको हो । जोर्डनसँगको फाइनलमा […]

Success

Thank you for your time.